शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वडा सदस्य साहको नमुना कार्य : नगरपालिकाले दिएको पारिश्रमिक भत्ता
पौष ४, २०७७ | फिरोज शेख

फिरोज शेख २०७७ लहान २०७७ पौष ४ -   
सिरहाको लहान नगरपालिका वडा नम्बर ८ का वडा सदस्य सुरेश कुमार साहले यस क्षेत्र भित्र कसैले नगरेको नमुना कार्यको शुरुवात गरेका छन्। शनिबार एक कार्यक्रमका बीच वडा सदस्य साहले नगरपालिकाले उपलब्ध गराएको करिब एक लाख ५० हजार पारिश्रमिक भत्ता बाट वडा नम्बर ८ का युवा तथा विद्यार्थीलाई स्वरोजगार,आत्मनिर्भर र प्रविधि ज्ञान सिकाईमा दक्ष बनाउने उदेश्यले तिन महिने आधारभूत ( बेसिक ) नि: शुल्क कम्प्युटर तालिम संचालन गरेका छन्। समाजसेवी तथा बाबा मेडिसिनका संचालक श्याम प्रसाद राउतको हात बाट उद्घाटन गरिएको उक्त तालिममा कक्षा ८ देखि कक्षा १२ सम्मका ६५ जना विद्यार्थीहरुले नाम दर्ता गराएको वडा सदस्य साहले जानकारी दिए। 

वडा सदस्य साहले बेरोजगार युवालाई तालिमले स्वरोजगार बन्न र आत्मनिर्भर हुन सहयोग पु¥याउने भन्दै तालिमभर अनुशासित, लगनशील र मर्यादित भई ज्ञान लिन सहभागी विद्यार्थीलाई आग्रह गर्दै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक हिसाबले पछिपरेका दलित तथा मुस्लिम समुदाय लगायत विपन्न, असहाय, अपाङ्गगता भएका विद्यार्थीलाई माथि उकास्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै साहले तालिमपछि विद्यार्थीको जीवनमा परिवर्तन हुने विश्वास व्यक्त गरेका छन्। वडा सदस्य साहले पछाडि परेको समुदायलाई प्रविधि र ज्ञान सिकाइ प्रतिस्पर्धाबाट सक्षम बनाउन आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा तालिमहरुको आयोजना गर्दै जाने योजनाहरु रहेको समेत बाताएका छन्।
 चार वटा कम्प्युटर खरिद गरि शुरुवात गरिएको उक्त तालिममा दैनिक ७ सिफ्ट कक्षा संचालन गरि प्रविधि सम्बन्धि तालिम गराइने र आवश्यकता अनुसार कम्प्युटर पनि थप्दै जाने प्रशिक्षक श्याम कुमार महतोले बताए । यसै बीच वडा सदस्य साहले नि:शुल्क कम्प्युटर तालिमको आयोजना गरेकोमा उपस्थित विद्यार्थी सहित अभिभावक , बुद्धिजीवी ,समाजसेवीले निकै प्रशसनीय कार्य गरेको भन्दै धन्यवाद ज्ञापन गर्दै तालिमको पूर्ण सफलताका लागि कामना समेत गरेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.