शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानमा T20 क्रिकेट प्रतियोगिता शुरु
पौष ४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पौष ४ - 
सिरहाको लहानमा T20 क्रिकेट प्रतियोगिता शनिबार देखि शुरु भएको छ। लहान स्पोर्ट्स एकेडमीको आयोजना र अलख निरन्जन ज्वेलर्स लहान ( श्याम साह भोरे भोर) को टाइटल स्पोनर,चुरिया एग्रोटेक रिसर्च सेन्टर प्रा.लि र क्वालिटी टेलर्स & ट्रेडरको सहयोगमामा संचालित -T20 क्रीकेट प्रतियोगिताको शनिबार एक कार्यक्रमका बीच उदघाटन गरिएको छ। लहान स्पोर्ट्स एकेडमीका सचिव विजय यादवको अध्यक्षता तथा चुरिया एग्रोटेक रिसर्च सेन्टर प्रा.लि लहानका संचालक हरिदेव चौधरीको प्रमुख आतिथ्यता तथा शेख मिडिया हाउस प्रालि.,रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख र महिला क्रिकेट प्रदेश -२ का चयनकर्ता अनिल शर्माको विशिष्ट आतिथ्यता तथा विभिन्न संघ- संस्थाका प्रतिनिधिको अतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि हरिदेव चौधरीले ब्याटिंग र विशिष्ट अतिथि फिरोज शेखले बलिङ्ग गर्दै क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका थिए। आठ टिम सहभागी प्रतियोगिता अन्तर्गत पहिलो उद्घाटन खेल पतारी क्रिकेट क्लव र मर्निङ स्टार क्रिकेट टिम लहान बीच सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा पतारी क्रिकेट क्लव लाई मर्निङ स्टार क्रिकेट टिमले ५ विकेटले पराजित गर्दै विजय शुरुवात गरेका छन्। टस जितेर पहिला ब्याटिंग गर्दै पतारी क्रिकेट कल्वले १६ ओभर ५ बल खेल्दै सबै विकेट गुमाउदै कृष्णा गुप्ताको १७ र ऋषि यादवको १० रनको मद्दतले मात्र ८३ रनको योगफल तयार गर्न सफल भएकोमा ८४ रनको झिनो लक्ष्य सहित जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका मर्निङ स्टार क्रिकेट टिमले १० ओभरमा पांच विकेट गुमाउदै ८४ रन  बनाएर विजय शुरुवात गरेका छन्। 

मर्निङ स्टारको तर्फ बाट संजिव दास १३ ,अतुल भुजेल १० ,अमित दास १५ र पप्पु गुप्ताको १० रनको मद्दतले १० ओभर खेल्दै ८४ रन बनाई विजय शुरुवात गरेका छन्। उद्घाटन खेलको म्यान अफ दि म्याच मर्निङ स्टार क्रिकेट टिमका पप्पु गुप्ता भएका छन्। खेलमा गुप्ताले चार ओभरमा २ विकेट लिएर १० रन बनाउदै म्यान अफ द म्याच घोषित भएको आयोजकले जनाएका छन्। प्रतियोगिता अन्तर्गत भोलि आइतबारको म्याच  लहान १८ VS इनरुवा बीच हुने आयोजकले जनाएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.