शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा संसद विघटन विरुद्ध नेकपाको विरोध प्रदर्शन
पौष ६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पौष ६ - 
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको निर्णय विरुद्ध सिरहाको लहान सहित धनगढी, गोलबजार, मिर्चैया, सदरमुकाम सिरहा बजार, कर्जन्हाको बस्तीपुर लगायत विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट जनवर्गीय संगठनहरु लगायत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिरहाले आइतबार साँझ संसद विघटनको निर्णय विरुद्ध प्रदर्शन गरेको हो । आइतबार प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी संसद विघटनको विरुद्ध प्रदर्शन गरेको नेकपा सिराहाका जिल्ला सदस्य विजय कुमार गुप्ता जनाएको छ ।

यसै बीच संसद विघटन गर्ने निर्णय खारेजको माग गर्दै लहान ७ राम मन्दिर अगाडी बाट सुरु भएको प्रदर्शन लहानको विभिन्न चोक परिक्रमा गरी शहिद चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे । कोणसभालाई प्रदेश-२ सभा सदस्य अशोक कुमार यादव , नेकपाका केन्द्रिय सदस्य सत्य नारायण यादव , सखुवानन्कारकट्टी गाउँ पालिकाअध्यक्ष केदारनाथ यादव , जिल्ला सदस्य विजय गुप्ता , राष्ट्रिय युवा संघ नेपालका विवेक परियार लगायतले सम्बोधन गरेका थिए । जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धि प्रधानमन्त्री ओलीले खोसेको नेकपाका नेता तथा कार्यकर्ताले आरोप लगाएका छन् । दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री ओलीले बहुमतको सदुपयोग गर्न नसक्दै असंवैधानिक रुपमा संसद विघटन गर्ने निर्णयको ठाडो विरोध गरेको कोण सभालाई सम्बोधन गर्दै नेताहरुले बताए। ओलीले जनादेश विपरीत ल्याएको संसद विघटन प्रस्ताव फिर्ता नलिएर जिल्लाभर चरणबद्ध रुपमा प्रदर्शन गर्ने बताइएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो षड्यन्त्र भएको प्रदेश २ सभा सदस्य यादवको भनाइ छ ।प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदम विरुद्ध आन्दोलन मार्फत हामीले खबरदारी गराएको यादवले बताए । ‘संसद विघटन गर्ने निर्णय खारेज गर्ने, अविलम्ब संसद पुनर्स्थापना गर्ने दिशामा अगाडि पट्टी बढाउनुपर्छ र रगतपसिना बगाएर नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्ने कसैको ताकत छैन’, केन्द्रिय सदस्य यादवको भनाई रहेको छ। विरोध कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.