शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा जारि T20 क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा लहान-६ विजय
पौष ६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पौष ६ - 
सिरहाको लहानमा संचालित T20 क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न तेस्रो खेलमा लहान -६ टिम विजय भएका छन्।  लहान स्पोर्ट्स एकेडमीको आयोजना र लहान ८ का वडा अध्यक्षका प्रत्यासी श्याम साह भोरे भोरको टाइटल स्पोनर,चुरिया एग्रोटेक रिसर्च सेन्टर प्रा.लि र क्वालिटी टेलर्स & ट्रेडरको सहयोगमामा संचालित -T20 क्रीकेट प्रतियोगिता अन्तर्गत लहान स्पोर्ट्स एकेडमी र लहान -६ बीच तेस्रो खेल सम्पन्न भएको हो। लहान स्पोर्ट्स एकेडमीले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा निशान्त यादवको ११ रन,चमनको १४ रन र शिवको १८ रनको मद्दतले ८६ रनको सम्मानजनक योगफल तयार गर्न सफल भएको थियो। लहान स्पोर्ट्स एकेडमी लाई  ८६ रनमा रोक्न लहान -६ को तर्फ बाट किरण मुखिया ३ विकेट ,अर्जुन भुजेल १ विकेट ,सतिश २ विकेट ,अर्जुन प्रसाद भुजेल २ विकेट र पंकज  यादवले १ विकेट लिन सफल भएका थिए। 

८७ रनको विजय लक्ष्य सहित मैदानमा ओर्लिएको लहान-६ ले उत्कृष्ट प्रदर्शन गर्दै मात्र १० ओभरमा ५ विकेट गुमाई विजय लक्ष्य भेताएका थिए  । लहान -६ का लागि अनिस मण्डलले ३९ रन र दिपक वर्माले १४ रनको योगदान दिदै आफ्नो टिमलाई विजय लक्ष्य सम्म पुर्याएका थिए। बलिङ्ग तर्फ लहान स्पोर्ट्स एकेडमीका निशान्त यादवले ह्याट्रिक ३ विकेट लिए पनि आफ्नो टिम लाई हार बाट जोगाउन सकेन्न ,त्यस्तै एकेडमीका मानिस मण्डलले २ विकेट लिन सफल भएका थिए। 

लहान -६ लाई विजय लक्ष्य सम्म पुर्याउन २४ बलमा ३९ रन बनाएकाअनिस मण्डललाई म्यान अफ द म्याचको उपाधिले सामानित गरिएको क्रिकेटर राकेश कामैतले जानकारी दिएका छन्। प्रतियोगिता अन्तर्गत चौथो खेल मंगलबार दिनको १२ बजे देखि लहान नेटवन VS लहान -३  बीच हुने आयोजकले जनाएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.