शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
इनर्वा लाई हराउदै "न्युटन" फाइनलमा
पौष ९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पौष ९ - 
सिरहाको लहानमा संचालित T20 लिग क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्युटन क्रिकेट टिम लहान विजय भएका छन्। लहान स्पोर्ट्स एकेडमीको आयोजना तथा नेपालि कांग्रेस लहान ८ बाट वडा अध्यक्षका प्रत्यासी श्याम साह भोरे भोरको टाइटल स्पोनर र चुरिया एग्रोटेक रिसर्च सेन्टर प्रा.लि , क्वालिटी टेलर्स & ट्रेडरको सहयोगमामा संचालित -T20 लिग क्रीकेट प्रतियोगिता अन्तर्गत बुधबार न्युटन टिम लहान र इनर्वा बीच भएको पहिलो रोमान्चक सेमिफाइनल खेलमा न्युटन टिम लहानले इनर्वालाई २ विकेटले हराउदै फाइनल प्रवेश गरेका छन्। 

प्रतियोगिता अन्तर्गत सम्पन्न पहिलो सेमिफाइनलमा टस जितेर पहिला ब्याटिंग गरेको इनर्वा क्रिकेट टिमले १८ ओभरमा अल आउट हुँदै मनोज मण्डल र उमेश पासवानको १२ / १२ रनको मद्दतले ८१ रनको सम्मान जनक योगफल तयार गर्न सफल भएका थिए। इनर्वालाई ८१ रनमा समेट्न न्युटनको तर्फ बाट अनिल शर्माले घटक बलिङ्ग गर्दै ४ ओभरमा १७ रन खर्चेर ५ विकेट लिन सफल हुँदा पार्थिव प्रसाद यादव ४ ओभर १८ रन २ विकेट,रबिन गुप्ता ४ ओभर १९ रन १ विकेट र कुश मण्डलले ३ ओभरमा १३ रन खर्चेर १ विकेट लिन सफल भएका थिए। 

फाइनलमा पुगनका लागि ८२ रनको लक्ष्य सहित मैदानमा उत्रेका न्युटनले सस्तैमा २ विकेट गुमाउदा सुमित चन्द्रदेवको १९ बलमा ३१ रन,तरपेश्वर मुखियाको २४ बलमा २१ रन र कुश मण्डलको ६ बलमा १९ रनको बिष्फोटक ब्याटिंगको मद्दतले रोमान्चक खेलमा १२ ओभर २ बलमा ८५ रन बनाउदै प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टिम बनेका छन्। 
बलिङ्ग तर्फ इनार्वाका उमेश पासवान ४ ओभर ३९ रन २ विकेट, परमेश्वर राम ४ ओभर १८ रन ४ विकेट र रामानन्द गुप्ता २ ओभर २ बलमा १५ रन खर्चेर २ विकेट लिन सफल भए पनि आफ्नो टिम लाई फाइनलको यात्रा गराउन सकेनन।   

न्युटनका लागि ४ ओभरमा ५ विकेट लिन सफल अनिल शर्मा लाई शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेखको हात बाट म्यान अफ द म्याचको उपाधिले सम्मानित गरिएको थियो।भने म्यान अफ द म्याच घोषित भएका शर्माले टिम हारको मुखमा पुगेको बखत बिष्फोटक ब्याटिंग गर्दै ६ बलमा १९ रन बनाएर टिमलाई फाइनलको टिकट पक्का गराउन सफल कुश मण्डल लाई आफ्नो म्यान अफ द म्याचको ट्रफी दिएर हौसला बढाएका थिए। प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेल शुक्रबार दिनको १२ बजे देखि लहान ६ VS लहान मोर्निंग स्टार टिम बीच हुने आयोजकले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.