शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
संसद विघटन विरुद्ध सप्तरीमा प्रम ओली र राष्ट्रपति भण्डारीको
पौष १०, २०७७ | फिरोज शेख

शुभ नारायण यादव २०७७ सप्तरी , १० पुस । प्रतिनिधि सभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले सप्तरी सदरमुकाम राजविराजमा बृहत् विराेध  प्रदर्शन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिको हजारौं नेता कार्यकर्ता सहितकाे विरोध जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी शहिद दशन चौकमा पुगेर राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका हुन ।  पुतला दहनको क्रममा सप्तरी सदरमुकाम राजविराजमा बृहत सशस्त्र तथा नेपाल प्रहरीको टोलीले परिचालन गरिएको थियाे ।

पुतलासहित विरोध प्रदर्शनमा उत्रेको उक्त जुलुसको अगाडि र पछाडि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। आन्दोलनकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नाराबाजी गरेका छन् । शहिद दशन चौकमा पुतला दहन पश्चात आयोजित विरोध सभामा पार्टीका केन्द्रीय तथा युवा नेताहरुले सम्बोधन गरेका छन् । पार्टीका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभामा जसपाका केन्द्रीय नेताहरु दिनेश कुमार यादव ,दिपेन्द्र चाेधरि ,महिलानेतृ पुनम यादव ,राजविराज नगरपालिकाका मेयर शम्भु यादव ,तिलाठि काेइलाडिका अध्यक्ष सतिश कुमार सिह ,विघार्थिृ नेता किशाेर यादव , शम्भु यादव ,युवा अध्यक्ष शिबम यादव लगायतकाहरुले सम्बोधन गर्ने वक्ताहरुले संसद पुनरस्थापनाको माग गरेका छन् । यता जनता समाजवादी पार्टी नेपालले गरेको विरोध कार्यक्रम अनुसार पुस ११ गते मसाल जुलुस प्रदर्शन र पुस १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम रहेकाे पार्टीका सुनिल कुमार झाले जानकारि दिनुभयाे । यस्तै सन्सद विघटनकाे सप्तरी सहित मधेशका अधिकाश जिल्लाहरुमा विराेध प्रदर्सन भइरहेको जसपाले जनाएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.