शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा संसद विघटन विरुद्ध नेकपाको विरोध प्रदर्शन
पौष १०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पुस १० - 
प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट जनवर्गीय संगठन अनेरास्ववियु सिरहा लाहान लगायत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिरहाले शुक्रबार साँझ राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध असंवैधानिक "कु "खारेज गर ,संसद अधिवेशन सुचारु गर लगायतका नारा सहित नाराबाजी गर्दै पशुपति आदर्श माविको खेल मैदान बाट निकलेको विरोध र्याली लहानको विभिन्न ठाउँ परिक्रमा गर्दै शहिद चौकमा पुगी कोण सभामा परिणत भएको थियो। कोण सभामा नेकपा सिराहाका जिल्ला सदस्य विजय कुमार गुप्ता,राष्ट्रिय युवा संघ नेपालका विवेक परियार , सह -संयोजक अशानन्द यादव लगायतले आ-आफ्नो मन्तव्य राख्दै विरोध जनाएका थिए। 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.