शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सगरमाथा बचत तथा ऋण सहकारी २१ औँ वर्षमा प्रवेश
पौष १२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पुस ११ - 
सिरहाको लहानमा अवस्थित श्री सगरमाथा वचत तथा ऋण सहकारी संस्था लिमिटेड आज देखि २१ औँ वर्षमा प्रवेश गरेको छ । संस्थाले शनिबार लहानको गौधुली होटलमा आफ्नो २० औँ वार्षिक साधारण सभा कार्यक्रम समपन्न गरेको छ। साधारण सभामा प्रस्तुत गरिएको  वार्षिक प्रतिवेदन अनुसार सँस्थाले आव २०७६÷२०७७ मा २ करोड ३२ लाख ६८ हजार ८ सय ४५रुपैयाको वार्षिक कारोबार गरेको छ। जस बाट रु .५५ लाख ४१ हजार ६ सय ८ कुल आम्दानि बाट ५३ लाख २१ हजार ८ सय ४३ रुपैया संस्था संचालन गर्न खर्च भई खुद बचत रु .२ लाख १९ हजार ७ सय ६५ रुपैया रहेको जनाइएको छ।  २०५७ साल देखी गरीवि निवारवण, महिला स्वरोजगार, अनुसँधान र विकास वचत तथा ऋण लगायतका विभिन्न कार्यक्रम लिएर सँचालनमा आएको सो सँस्थाले लहान नगरपालिकाको १० वटा वडामा आफ्नो सेवा विसतार गरिसकेको छ । 


यस सँस्थामा महिला ११६ ,पुरुष २५७  र सामुहिक गरि कुल ३७५ जना सदस्य हाल आबद्ध छन । कार्यक्रमा लेखा सँयोजक तथा लघुवित प्रमुखले भावि निति तथा कार्यक्रम वारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथी जिल्ला बचत तथा ऋण सहकारी संस्था धनगडीका संजय कुमार महतो , लहान ३ का वडा अध्यक्ष राम दयाल महतो ,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख लगायतले आ-आफ्नो शुभकामना मन्तव्य राक्दै लामो समय देखि शिक्षा , स्वास्थ्य , स्वरोजगार , आय आर्जन लगायतका क्षेत्रमा काम गदै आएका सँस्थाले भावि दिनमा अझ प्रभावकारि ढँगले आफना कार्यक्रम अघि बढाउन सफल्ता प्राप्त गरि रहोस भनी शुभकामना दिएका थिए। संस्थाका अध्यक्ष चन्देश्वर महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा सचिव फुलेश्वर महतो बाट गत आ .व.को बजेट र उपलब्धि ,कोषाध्यक्ष गणेश प्रसाद उपाध्याय बाट लेखा प्रतिवेदन लगायत राजकुमार सिंह ,रामु चौधरी बाट अन्य प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रमा यस संस्थाका एक दर्जन भन्दा बढी सक्रिय सेयर सदस्यहरु लाई सम्मान-पत्र ,दोसल्ला , सयपत्री फूलमाला तथा अबिर लगाएर अतिथिहरु बाट सम्मानित समेत गरिएको थियो।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.