शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ५ मा स्वास्थ्य सेवा केन्द्रको शिलान्यास सम्पन्न
पौष १७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पुष १७ - 
लहान ५ खुट्टीखोलाको छेउमा स्वास्थ्य सेवा केन्द्र निर्माण कार्यको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। लहान–५ खुट्टी खोला छेउ बलुवा टोल  नजिक आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण कार्यको शिलान्यास नगरप्रमुख मुनि साहले गनु भएको हो। यस स्वास्थ्य सेवा केन्द्रले लहान ५ ,६ ,४ र ८ नम्बरका वडा वासीहरुको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै आधारभूत स्वास्थ्य उपचार र स्वास्थ्य सेवा उपलब्ध गराउन क्रमशः यस अस्पतालको स्तरोन्नती गर्दै दीर्घकालिन योजना लिएर निर्माण कार्य अघि बढाएको हु नगर प्रमुख साहले बताउनु भयो। लहानका चार वटा वडाका  हजारौ स्थानीयहरुले स्वास्थ्य लाभ लिइने उद्देश्यका साथ स्वास्थ्य सेवा केन्द्र निर्माण गर्न लागिएको बताउनु हुँदै निर्वाचनको समयमा जनसमुदाय संग गरिएको विकास निर्माणका कार्यहरु मध्ये ९० % काम लगभग सम्पन्न हुने क्रममा रहेको र बाँकी १० % काम पनि सम्पन्न गर्न लागि परेको   नगर प्रमुख साहले बताए।

लहान ५ ,६ ,४ र ८ का गरीव, दलित, मुस्लिम र पण्डित समुदायको सघन बसोबास रहेको वस्तीमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर लहान नगरपालिकाले राम्रो कार्य गरेको लहान ५ बलुवा टोलका स्थानीय शोभित पासवानले खुसी व्यक्त गर्नुभयो । उहाँका अनुसार स्वास्थ्य उपचारकै लागि निकै टाढा जानुपर्ने बाध्यता स्वास्थ्य सेवा केन्द्र संचालन भएपछि हट्ने छ । जनप्रतिनिधिहरुले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्नै लागेकोमा हामी स्थानीयहरु हर्षित भएको बताए।

वडानम्बर ५ का वडाध्यक्ष सुलेमान मिया अन्सारीले चुनावको वेला स्थानीय जनतासँग गरेको प्रतिवद्धता अनुसार स्वास्थ्य सेवा केन्द्र निर्माणको कार्यलाई अघि बढाएको प्रष्टयाउदै यस वडामा सडक, कृषि , शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम भइरहेको तर्क गर्नुभयो। नाइस कन्सट्रक्शन सिरहा -१ लाई २०७८ जेठ ३० गते सम्म सम्पन्न गर्ने गरी २२ लाख ९१ हजार ५०१ रुपैयामा निर्माणको लागि ठेक्का दिएको लहान नगरपालिकाले जनाएको छ ।

कार्यक्रमा लहान नगरपालिकाका उपप्रमुख सरियार कुमारी चौधरी, लहान ७ का वडाध्यक्ष राकेश रोशन गुप्ता ,लहान १७ का वडाध्यक्ष प्रथमलाल चौधरी लगायत बुद्धिजीवी ,नागरिकसमाज ,समाजसेवी, शिक्षक ,संचारकर्मी , वडावासी लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रम लहान ५ का वडाध्यक्ष सुलेमान मिया अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो, भने कार्यक्रमको संचालन लहान नगरपालिकाका कर्मचारी लखनलाल साहले गरेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.