शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ब्रदर्स फ्रोम डिफ्रेंट मोदर्स सिरहा टिम द्वारा न्यानो कपडा वितरण
पौष १९, २०७७ | फिरोज शेख

लहान नगरपालिका ७ मुसहरी टोलमा न्यानो कपडा वितरण गरिएको छ। लहानका युवा गौरव साह र नरेश जंग साहको पहलमा लहान ७ मुसहरीटोलमा रहेका २४ घर परिवारलाई चिसोबाट बच्न ब्रदर्स फ्रोम डिफ्रेंट मोदर्स सिरहा टिम द्वारा न्यानो कपडा वितरण गरिएको हो। मौसम परिवर्तन भएसँगै जिल्लामा पनि चिसो बढ्दै गएको अवस्थामा चिसोबाट बच्नका लागि लहान नगरपालिका-७ मा शनिबार एक कार्यक्रमका बीच नेपालि कांग्रेसका नगर सभापति सुनिल कुमार महतोको प्रमुख आतिथ्यतामा तथा ब्रदर्स फ्रोम डिफ्रेंट मोदर्स सिरहाका अध्यक्ष सिरहा सदरमुकाम सिरहा -५ निवासी मोहम्मद अजमल सिद्दिकीको अध्यक्षता संगै नेवि संघका निवर्तमान स-महामन्त्री परमेश्वर साह,जिल्ला उधोग वाणिज्य संघका महासचिव अब्दुल करिम,नेवि संघका जिल्ला अध्यक्ष मोहम्मद मुस्ताक ,लहान ६ का वडा सदस्य रमेश गौतम ,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगमका संचालक फिरोज शेख लगायतको आतिथ्यतामा रुचन सदा ,जोगिन सदा, शम्भु सदा ,रजिन सदा ,सतो सदा सहित २४ घर परिवारलाई ट्राकसुट,टोपी ,पन्जा र मोजा सहितको न्यानो कपडा वितरण गरिएको आयोजक टिमका सदस्य विजय साह र विशाल दासले जानकारी दिए।कार्यक्रमको संचालन नेवि संघका जिल्ला सचिव संजिव ठाकुरले गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.