शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
काम गर्न नदिइएपछि निर्वाचनको घोषणा गरियो - उपप्रधानमन्त्री पोखरेलको दाबि
पौष २१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पुष २१ - 
नेकपा ओली समूहका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपाललाई प्रधानमन्त्री केपी ओलीविरुद्धको आरोपपत्र फिर्ता गरे पार्टी एकता कायम रहन सक्ने जिकिर गरेका छन् । नेकपा ओली समूह सिराहा जिल्ला कमिटीले गोलबजार नगरपालिका– ७ चोहर्वामा सोमबार आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले संसद्को बहुमत प्राप्त प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली विरुद्ध चौतर्फी घेराबन्दी गरी काम गर्न नदिइएपछि निर्वाचनको घोषणा गरिएको दाबी गरेका छन्।  
उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने भएकाले निर्वाचनबाट कोही पनि भाग्न नहुने तर्क गरेका छन्। 

संसद्को पुनर्स्थापनाको माग गर्दै प्रचण्ड–नेपाल समूहले गरेको सडक आन्दोलनले संसद् ब्युँतिँदैन ‘बरु प्रधानमन्त्रीविरुद्धको आरोपपत्र फिर्ता लिँदै मिलेर निर्वाचनमा जाऔँ, त्यसले पार्टी एकता कायम रहन सक्छ । निर्वाचित प्रधानमन्त्रीलाई षड्यन्त्रमूलक ढंगले घेराबन्दीमा पारेर काम गर्न नदिइएपछि संसद् विघटनसँगै जनादेशका लागि र निर्वाचनमा जाने घोषणापछि मुलुक गम्भीर संकटबाट जोगिएको दाबि गर्दै नेपाल, प्रचण्ड टेस्टेट नेता भएको र उनीहरुले आन्दोलनलाई अगाडि बढाउँछु भन्नु 'गोरुले दूध दिन्छ भन्नु' एउटै भएको टिप्पणी गरे।
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल संगै स्थायी कमिटी सदस्य रघुवीर महासेठ, सहरी विकास मन्त्री प्रभु  साह,प्रदेश कमिटीका सचिव सुमन प्याकुरेल, कानुन मन्त्री लीलानाथ श्रेष्ठलगायतका नेताहरुले कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका थिए। कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रीय सदस्य गंगा प्रसाद यादवले गर्नु भएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.