शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा ७ दिने अचार बनाउने तालिम सम्पन्न
पौष २१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पुष २१ - 
लहान नगरपालिका क्षेत्र भित्रका महिलाहरुलाई आयआर्जन तथा व्यवसायमा आकर्षित गराउने उद्देश्यले सिरहाको लहानमा संचालन भएको शिपमुलक ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ। लहान नगरपालिका महिला बालबालिका तथा ज्यष्ठ नागरिक शाखा लहानको आयोजनामा संचालन भएको उक्त तालिम सोमबार सम्पन्न भएको हो । लहान नगरपालिकाको २४ वटै वडा बाट एक/एक जना महिला सहभागी गराउन पत्रचार गरिएपनि वडा नम्बर ६ ,१७ र २१ बाट कसैले सहभागिता नजनाउदा वडा नम्बर १० ,२४ र २२ बाट दुई / दुई जना सहित बाँकी सबै वडाको एक/एक जना महिला गरि जम्मा २४ जना   सहभागि महिलाहरुलाई ७ दिनसम्म स्थानीय स्तरमा पाईने खाद्य वस्तुबाट अचार कसरी बनाउने भन्ने बारेमा सिकाईएको छ । तालिममा सहभागिहरु लाई तालिम अवधिभर सहजै पाईने काउली ,खुर्सानी,अमला,मसला लगायतका खाद्य सामाग्रीबाट बन्ने अचारका परिकारहरु बारे सिकाईएको प्रशिक्षक पार्वती कुमारी चौधरी र रतन कुमारी तमाङ्गले बताएकि छन् ।

महिला बालबालिका तथा ज्यष्ठ नागरिक शाखा अधिकृत अञ्जना कुमारी साहको अध्यक्षता तथा लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीको प्रमुख आतिथ्यता तथा लहान नगरपालिका प्रशासन शाखा प्रमुख लखनलाल साहको विशिष्ट आतिथ्यता र शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेख ,पत्रकार जिवछ उदासी र फिरोज सिद्दिकीको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमा पत्रकार जिवछ उदासीले बाल्दै महिलाहरुलाई विभिन्न आय आर्जनमुलक तालिम प्रदान गरेर नगरपालिकाले सराहनीय कार्य गरेको बताउदै  अचार बनाउने तालिमले महिलाहरुमा आत्मनिर्भर बन्ने बाटो खुलेको जिकिर गरे ।

त्यस्तै लहान नगरपालिका प्रसाशन शाखा प्रमुख लखनलाल साहले यो तालिम पश्चात व्यवसायीक बन्न सके महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पुग्ने बताएका छन् । यसै बीच तालिममा प्रमुख अतिथिको आसन बाट बोल्दै उपप्रमुख चौधरीले आफ्नै हातले अचार बनाउने अभ्यास गरिएकाले घरमा अब जुनसुकै प्रकारको पनि अचार बनाउन सक्ने भएको हुँदा यस लाई घर सम्म मात्र सिमित नराखी व्यवसायिक रुपमा सहभागी महिलाहरु लाई आग्रह गर्नु भयो। तालिममा स्वादका लागि विभिन्न खालका मसलाको मात्रा राख्ने तरिका, अचारका लागि तरकारीको कटान गर्ने तरिका, अचारको गुण गुम्न नदिन अपनाउने तरिकाका बारेमा समेत सिकाइएकाले महिलाहरुले यसलाई व्यवसायिक रुपमा समेत सञ्चालन गर्न सक्षम भएको उप प्रमुख चौधरीले बताउनु हुदै तालिम सिकेका महिलाहरुलाई व्यवसायिक बन्न सुझाउदै तालिम पश्चात महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न आवश्यक सहयोग समेत गर्ने उनले बताइन।  

तालिममा स्वादका लागि विभिन्न खालका मसलाको मात्रा राख्ने तरिका, अचारका लागि तरकारीको कटान गर्ने तरिका, अचारको गुण गुम्न नदिन अपनाउने तरिकाका बारेमा सिकाई भएको तालिममा सहभागि महिलाहरुले बताएकी छन्। समापन कार्यक्रमा प्रशिक्षक लाई सम्मान-पत्र र सहभागीहरु लाई प्रमाण-पत्रले सम्मान गरिएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.