शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अबैध रुपमा ल्याएको करिब ३२ लाख सहित एक पक्राउ
पौष २६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ पौष २६ - 
जिल्ला प्रहरी कार्यलय सिरहाले स्रोत नखुलेको करिब ३२ लाख रकम सहित एक जना लाई पक्राउ गरेको छ। जिल्ला सिरहा सिरहा न.पा.-२१ लकढीगोठ सिरहा स्थित प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटीएको प्रहरी चेकीङ्ग टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा सिरहा न.पा.-२२ हक्पारा बस्ने बर्ष ३९ को शिवनाथ यादवको साथबाट कपडाको झोलामा श्रोत नखुलेको रकम बरामद भएको छ। यादवले अबैध रुपमा बोकी हिडेको नेपाली रुपैया रु.३१ लाख ८९ हजार नगद सहित उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सिरहामा ल्याई नगद रुपैया सहित आवश्यक कार्वाहीको लागि सम्पती सुद्धीकरण बिभाग हरिहर भवन ललितपुर पठाईएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2021 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.