शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा ‘बजाजको डोमिनार २५०’ भित्रियो, संचारकर्मी द्वारा सार्वजनिक
पौष २७, २०७७ | सरगम खबर समाचारदाता

लाल बिहारी यादव लहान २०७७ पौष २७  - 
बजाजको लागि नेपालका आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्राली र लहान क्षेत्रका लागि आधिकारिक विक्रेता मनकामना ट्रेड लिंक ( बजाज मोटरसाइकल शो रुम ) ले नयाँ बजाज डोमिनार २५० मोटरसाइकल लहान बजारमा भित्राएको छ। मनकामना ट्रेड लिंकले आयोजना गरेको एक कार्यक्रमका बीच शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक ( संचारकर्मी ) फिरोज शेखको हात बाट बजाज डोमिनार २५० मोटरसाइकल सार्वजनिक गरेका छन। 

बजाज डोमिनार २५० मा २४८.७७ सीसी एफआई इन्जिनको पावरका साथै एकल–सिलेन्डर, लिक्विड–कुल्ड, ट्युनस्पार्क, ४–स्ट्रोक, ४–भल्भ र डीओएचसी छ । डोमिनार २५० मा १ सय ३२ किलोमिटर प्रतिघण्टासम्मको गति रहेको मनकामना ट्रेड लिंकका संचालक शंकर चौधरीले जानकारी दिएका छन। उनका अनुसार बजाज डोमिनार २५० मोटरसाइकल १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघण्टाको गतिसम्म कुद्न सक्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा बजाज डोमिनार २५० को मूल्य ४ लाख ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मोटरसाइकल क्यान्योन रेड र चार्कोल ब्ल्याक रङमा लहानमा उपलब्ध रहेको बताउदै बजाज डोमिनार २५० मा बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको जानकारी दिए । बजाज डोमिनार २५० मा सेकेन्डरी डिस्प्लेलाई ट्रिपको टाइम र जानकारी प्रदान गर्ने हिसाबले तयार पारिएको कम्पनीले बताएको छ । चालकको सुरक्षाका लागि लामो दूरीको यात्राका दौरान गियरलाई सुरक्षित राख्ने काम सिटको मुनि रहेको बन्जी स्ट्राप्सले गर्ने कम्पनीको तर्क छ।

देश
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.