शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नगर प्रमुख साह द्वारा डिजिटल भिडियो बोर्डको उद्घाटन
माघ २, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ २ - 
सिरहाको लहानमा नगर प्रमुख मुनि साह द्वारा मल्टिमिडिया डिजिटल भिडियो बोर्डको उद्घाटन गरिएको छ। हाईटेच नेपाल आइटी सेकुरिटी एण्ड कम्प्युटर केयर प्रालि लहानले आयोजना गरेको "डिजिटल भिडियो बोर्ड " उद्घाटन कार्यक्रमा प्रमुख अतिथि नगरप्रमुख साह द्वारा माघे संक्रान्तिको शुभ अवसर पारि बोर्डको स्विच अन गरेर उद्घाटन गरिएको हो। लहान ८ शहिदचौकको छेउमा अवस्थित नेमान होटलको दुई तल्ला माथि जडान गरिएको ९ फिट चौडाई र १२ फिट लम्बाई रहेको उक्त डिजिटल भिडियो बोर्डमा भिडियो सहितको विभिन्न व्यवसायिक विज्ञापन, नगरका हरेक गतिबिधी, जनचेतना मुलक सूचना, सन्देशहरु सार्वजनिक गरिने हाईटेच नेपाल आइटी सेकुरिटी एण्ड कम्प्युटर केयर प्रालिका संचालक संजिव पाठकले जानकारी गराएका छन्। संचालक पाठकको अध्यक्षता र  नगरप्रमुख साहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका विशिष्ट अतिथि र अतिथिहरुमा ईलाका प्रहरी कार्यलय लाहानका डिएसपी शरत कुमार थापा क्षेत्री , शस्त्र प्रहरी बल वेस क्याम्प लहानका डिएसपी बिनोद थापा , लहान ८ का वडा अध्यक्ष विजय कुमार महतो , ५ का अध्यक्ष सुलेमान मिया अन्सारी , ९ का अध्यक्ष प्रदिप चौधरी , लहान ११ का अध्यक्ष राज कुमार साह , लहान सिटि जेसिजका अध्यक्ष वसन्त साह ,समाजसेवी फुलेश्वर महतो, एभरेष्ट कलेजका प्रमुख धरणीधर अधिकारि डाक्टर विजेन्द्र कुमार साह लगायत संचारकर्मी ,विभिन्न संघ -संस्थाका प्रमुख तथा प्रतिनिधि ,नागरिक समाज , युवा जमातहरुको उपस्तिथी रहेको थियो।  

कार्यक्रमा प्रमुख अतिथिको आसन बाट शुभकामना मन्तव्य राख्ने क्रममा नगरप्रमुख साहले खुशी व्यक्त गर्दै लहान पनि सुचना प्रविधिको क्षेत्रमा पनि फड्को मार्न सफल भएको बताउनु हुदै संचालक टिममा आवध संजिव पाठक, फिरोज शेख ,समिता गिरी, कृष्णा सिंह, दुर्गा प्रसाद महतो र  रुकमन्ति कुशवाहा लाई धन्यवाद ज्ञापन गर्दै लहान नगरपालिकालाई सुचना प्रविधिमैत्री बनाउन नगरपालिका लागि परेको जानकारी गराउदै चाडै नै लहान नगरपालिकाको व्यापारिक केन्द्र वडा नम्बर ७ र ६ को तिनकुने स्थानमा लहान नगरपालिकाले आम नागरिकमा सुचनाको पहुच होस् ,नगरपालिकाको गतिविधि अवगत होस् भन्ने उदेश्यका साथ स्थापना गरिएको मल्टिमिडिया सुचना बोर्ड संचालनमा आउने बताउनु भयो।कार्यक्रमा स्वागत मन्तव्य फिरोज शेखले राखेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.