शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको शहरी क्षेत्रमा पर्ने नहरको स्तरोन्नति कार्य शुरु
माघ ३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ ३ - 
लहान नगरपालिकाले "हाम्रो लहान समृद्ध लहान" मूल मन्त्रलाई दृष्टिगत गर्दै सडक, कृषि , शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न योजनाहरु अगाडी बढाई रहेको क्रममा लहानको शहरी क्षेत्रमा पर्ने नहरको पनि स्तरोन्नति गर्ने कार्य शुरु गरेका छन्।लहान नगरपालिकाको शहरी क्षेत्र अन्तर्गत पर्ने वडा न. ७, ६ र १० मा रहेका पुरानो नहर लाई स्तरोन्नति गर्ने कार्यको एक कार्यक्रमका बीच लहान नगरप्रमुख मुनि साहले शिलान्यास गर्नु भएको छ। करिब ४ दशक देखि जिर्ण र कृप अवस्थामा रहेको उक्त नहरलाई पहिलो चरणमा लहान १० मा अवस्थित शिव मन्दिर देखि ५० मिटर दक्षिण देखि लहान ७ मा निर्माधीन घण्टा घर सम्म स्तरोन्नति गर्न लागिएको नगरप्रमुख साहले बताउनु भयो। नेपालमै फतेपुर पछिको दोस्रो नहरको रुपमा स्थायित यो नहर कालन्तरमा आएको खुट्टी खोलाको बाढीले बाध भत्काउद जिर्ण अवस्थामा पुगी अहिले नालामा परिणत भएको जानकारी गराउनु हुँदै २०५४ सालमा आफु निर्वाचित हुँदा नहरको स्तरोन्नति गर्ने चाहना हुँदाहुँदै पनि सिमित बजेटका कारण केहि गर्न नसक्दा नहरको यस्तो दुर्दशा भएको दुखेसो पोख्नु भयो। सडक, कृषि , शिक्षा र स्वास्थ्य तथा प्रविधिक्षेत्रमा फड्को मर्न सफल नगरपालिकाले  ढिलो भए पनि नहरको स्तरोन्नति कार्यलाई प्राथमिकतामा राख्दै समृद्धिकोपथ तर्फ अझ अग्रसर भएको बताउनु भयो। 

नहर निर्माण भए पछि नगरपालिका क्षेत्रमा अवस्थित दक्षिण भेगका किसानहरु सिंचाई र आर्थिक रुपले लाभान्वित हुने र निर्माण भइरहेको ४ फिटको नहर संगसंगै ५० सेमी. मिटरको नाला पनि पुर्व पट्टि बाट निर्माण गरिने र त्यो नालालाई नहरमा नगाभी अर्को नाला संग जोडी त्यसमा बग्ने पानि लाई व्यवस्थापन गर्ने र नहरमा फोहर रहित पानि बग्ने व्यवस्थापनका साथै लहानवासीका लागि मोर्निगवाक , इभनिंगवाक संगै नहरको माथि विभिन्न ठाउंहरुमा २० देखि ३० जना सम्म बसेर भलाकुसारी गर्न सक्ने गरि फलामे स्टेनको समेत व्यवस्थापन गर्ने योजना रहेको नगरप्रमुख साहले प्रष्ट्याउनु भयो। पहिलो चरणमा ७, ६ र १० मा रहेको यस नहरको स्तरोन्नति पश्चात अन्य वडामा जिर्ण अवस्थामा रहेका नहरलाई पनि उकास्ने कार्य अगाडी बढाउने योजना पनि रहेको  बताउनु भयो। त्यस्तै दोस्रो चरणमा नहरको सोन्दर्यकरण गर्ने क्रममा पुर्व तर्फ बाट ३ मिटरको फिच वाकिंग रोड़ र पश्चिम तर्फ बाट ३० फिटको पिच रोड़ सहित विभिन्न आकर्षक फूलका बोटविरुवा लगाइने समेत जानकारी गराउनु भयो। 

लहान नगरपालिका वडा न .६ का वडा अध्यक्ष अरुण केसीको अध्यक्षता तथा नगरप्रमुख मुनि साहको प्रमुख आतिथ्यता र लहान ७ का वडा अध्यक्ष राकेश रोशन गुप्ता ,लहान १० का वडा अध्यक्ष मनटि मण्डलको अतिथ्यता सम्पन्न उक्त कार्यक्रममा कार्यपालिका सदस्य ,संचारकर्मी , कर्मचारी ,वडा सदस्य, साह बिपी जेभी लहानका कर्मचारी लगायतको उपस्तिथी रहेको थियो। नगरपालिकाले नहरको स्तरोन्नति कार्य योजना २०७८ कार्तिक १२ गते सम्म सम्पन्नका लागि निर्माण व्यवसायी साह बिपी जेभी लहान ७ संग भ्याट र पिसी सहित २ करोड ८० लाख ९१ हजार २१४ रुपैया ५१ पैसामा सम्झौता गरेको सुचना पाटीमा उल्लेख गरिएको छ।कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष मण्डलले राख्नु भएको थियो ,भने कार्यक्रम संचालन नगरपालिकाका कर्मचारी लखनलाल साहले गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.