शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बलिदानी दिवसको पुर्व सन्ध्यामा रक्तदान
माघ ५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ ५ - 
सिरहाको लाहान ३ मा अवस्थित कामना नर्सिङ्ग होम प्रालिले बलिदानी दिवसको पुर्व सन्ध्यामा मधेश आन्दोलनका सहिदहरुको रमेश महतो लगायतको सम्झनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। कामना नर्सिङ्ग होम प्रालिको आयोजनामा आयोजित उक्त कार्यक्रमा नर्सिङ्गहोममा कार्यरत कर्मचारी ,स्वास्थ्यकर्मी ,चिकित्सक सहित ३० जनाले रक्तदान गरेको कामना नर्सिङ्ग होमका संचालक रोशन कुशवाहाले जानकारी दिएका छन्। आइतबार विहान १० बजे देखि " रक्तदान जीवनदान " मुलमन्त्रका साथ्  नर्सिङ्गहोमको प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रमा मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु भएका सहिदहरु प्रति श्रद्धांजलि पनि अर्पण गरिएको थियो। मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानस्थित मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मरणमा मनाउँदै आइएको छ। बलिदानी दिवसको अवसरमा प्रदेश २ सरकारले माघ ५ गते सोमबार सार्वजनिक विदा दिइएको घोषणा गरेका छन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.