शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गोलबजार जेसिज वर्ष २०२१ को अध्यक्षमा गुप्ता
माघ ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ ८ - 
गोलबजार जेसिजको चौथो साधरण सभा तथा शाखा अधिवेशनबाट जेसिज बर्ष २०२१ को लागि सुमन गुप्ता चयन भएका छन्। लहान नगरपालिका १५ शोभापुर स्थित रहेको पर्यटन स्थल हात्तीदहमा आयोजित साधरण सभा तथा शाखा अधिवेशन कार्यक्रममा निर्विरोध सर्व-सहमतले गुप्ता निर्वाचित भएका छन्। भने बर्ष २०२१ का लागि कार्यकारी उपाध्यक्षमा अस्मिता कटवाल र किरण पराजुली निर्वाचित भएका छन्, त्यसैगरी उपाध्यक्ष पदमा कपिल कुमार दयाल, सुष्मा सिंह, सुरज महतो र राम जीवन यादव निर्वाचित भएका छन्। त्यस्तै जनसम्पर्क अधिकारीमा यसराज अग्रवाल निर्वाचित भएका छन्। नेपाल जेसिसका ट्रेनर तथा लहान सिटि जेसिजका पुर्व अध्यक्ष राजाबाबु साहको प्रमुख आतिथ्यता र वर्ष २०२० का अध्यक्ष विन्देश्वर साहको अध्यक्षतामा सम्पन्न साधरण सभा तथा शाखा अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै वर्ष २०२१ का अध्यक्ष गुप्ताले विगतमा सिमित सदस्यबाट सुरु भएको गोलबजार  जेसिस चौथो बर्ष सम्म आईपुग्दा सबै युवाहरुको मन मनमा बस्न सफल भएको प्रति खुसी व्यक्त गरेका छन्। उहाँले सम्पूर्ण युवाहरुलाई समेटेर जेसिस अभियानलाई सार्थक बनाउनका लागि लाग्न सम्पूर्ण जेसिस सदस्यहरुलाई आग्रह गरेका छन। 

कार्यक्रममा लहान जेसिजका पुर्व अध्यक्षहरु शंकर प्रसाद गुप्ता, रियासत लिमि मुन्ना,सत्यनारायण पंजियार,राजु मण्डल, वर्ष २०२० का अध्यक्ष बसन्त साह, गोलबजार जेसिजका पुर्व अध्यक्ष श्याम साह भोरेभोर, राजविराज जेसिज वर्ष २०२० का अध्यक्ष नानीमैयाँ कटवाल ‘पुनम’, उदयपुर जेसिज वर्ष २०२० का अध्यक्ष ललित नायक , समाजसेवी मस जोडी महेश चौधरी ,संगीता कर्मचार्य , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेख,सुनचाँदी व्यवसाय संघका पदाधिकारी लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्तिथिमा वर्ष २०२० का अध्यक्ष विन्देश्वर साहले वर्ष २०२१ का अध्यक्ष सुमन गुप्तालाई आफ्नो चेन हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए। कार्यक्रमा उपस्थित सम्पूर्ण अतिथिहरु लाई वर्ष २०२० का अध्यक्ष साहले मायाको चिनो सहित सम्मान गरेका थिए। अधिवेशनका निर्वाचन अधिकृत लहान जेसिजका पुर्व अध्यक्ष शंकर प्रसाद गुप्ता रहनु भएको थियो। 

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.