शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गोलबजार बाट लागु औषध सहित दुई पक्राउ
माघ ९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ ९ - 
सिरहा प्रहरीले लागु औषध सहित दुई जना लाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा विहिवार साँझ ६ बजेको समयमा २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषाबाट सादा पोषाकमा खटिएका प्रहरी टोली र ईलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा स ७ प ५७१२ नं. को पल्सर मोटरसाइकल र स १० प ५५२२ नं. को FZS मोटरसाइकलमा लागु औषध बिक्री वितरणको लागि गोलबजार बाट लहान तर्फ आउदै गर्दा खटिएको प्रहरी टोलीले जिल्ला सिरहा गोलबजार न.पा. ३ गागन खोला स्थित जिल्ला सिरहा गोलबजार न.पा. २ बस्ने वर्ष २२ को राकेश कुमार साह र जिल्ला सिरहा मिर्चैया न.पा. ८ बस्ने वर्ष २७ को अनिल शर्माको साथबाट DIELEX – DC  ३४  बोत्तल,Diazepam ईन्जेक्सन ४५ एम्पुल,Noophin ईन्जेक्सन ४५ पिस, Phenergan ४५ पिस ,Spasmoproxyron ४८ पिस , Nitravet Tablets १ हजार ४९७ पिस  लागु औषध फेलापारी दुबैजनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय गोलबजार सिरहामा ल्याई राखिएको र घटना सम्बन्धमा थप अनुस्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ । 

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.