शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रेडियो सरगम बाट डीएसपी थापाको विदाई कार्यक्रम सम्पन्न
माघ १२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ १२ - 
शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्ज लहान ८ ले आइतबार ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी शरत कुमार थापा क्षेत्री लाई सम्मानसहित विदाई गरेको छ । शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेखको अध्यक्षता तथा संचारकर्मी तथा प्रस्तोता जिवछ उदासी ,रमिता नेपाल,शियाराम यादव ,विजय महतो ,सन्तोष साह ,सरोज सन्त ,विनिता चौधरी लगायतको उपस्तिथिमा नेपालको पहिचान झल्किने मायाको चिनो र दोसल्लाह सहित डिएसपी थापा लाई सम्मान गर्दै विदाई गरेका हुन् ।

कार्यक्रममा बोल्दै संचालक शेखले नगरको शान्ति सुरक्षामा डीएसपी थापाले छिटो छरितो रुपमा कार्य सम्पादन गरेको जनाउँदै उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा जिवछ उदासी र रमिता नेपालले वधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। सो अवसरमा डीएसपी थापाले आफु ०७६ मंसिर २७ गते साँझ ७ बजेर १४ मिनेटमा ईपका लहानमा आएर लहान नगरपालिका लगायत विभिन्न संघ -संस्थाको समन्वयमा काम गर्न सहज वातावरण बनेको बताउनु भयो। पछिल्लो पटकको नेपाल प्रहरीको नियमित सरुवामा इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्री पनि परेका छन्। नियमित सरुवाको एकवर्षे कार्यकालमा उनी पनि परेका हुन् । यो स्वाभाविक र प्रक्रियागत पनि हो । 

भनिन्छ, तराई–मधेस प्रहरी कार्यालयहरुमा मुद्दा धेरै आउने गर्छन् । केही वास्तविक त केही रिसिइबी साध्ने प्रवृत्तिले आउँछ । जसमा नेताहरु भाजो हाल्छन् । भोटको राजनिति गर्न थाल्छन् । प्रहरीलाई उपयोग गरी जनतलाई मुद्दाका नाममा तर्साउने धम्काउने गर्छन्। तर डिएसपी थापा राजनीति दलको नेताको चपेटामा पर्नुभन्दा परै रहनु भयो। उहा घटनाहरुलाई कानुनी दायरामा रहेर भुमिका निर्वाह गर्दै कार्य सम्पादन गर्नु भयो। 

उहाको कार्यकालको १३ महिनाको अवधिमा इप्रका लहानमा आर्थिक वर्ष २०७६÷०७७ मा २४९ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । जसमध्ये १६९ वटा फस्र्यौट भएका छन् । अधिकांश मुद्दा डिएसपी थापाकै पालामा टुंगो लागेको छ । उनी लहानमा ०७६ पुस १५ गतेदेखि आएका थिए । चालु आर्थिक वर्ष ०७७÷०७८को हालसम्ममा ११५ वटा मुद्दा दर्ता भएको जसमा ५० वटा फस्र्यौट भएको छ । चालु आवमा लागुऔषधको ४९ वटा मुद्दामा ६१ ज्ना प्रतिवादीहरुलाई पक्राउ गरेका छन् । उनीहरुको साथबाट ११८ किलो गाँजा, ५१३ ग्राम ब्राउन सुगर, २०० मिलिग्राम सेतो हिरोइन, १४०७ नाइट्रोभेट ट्याब्लेट, १९३१ फेनारगन, २८० बोतल डाइलेक्स डिसिलगायत लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।  भारतबाट भन्सार छली गरी नेपाल भित्रयाइरहेका अवस्थामा आर्थिक वर्ष ०७६÷०७७ मा १ करोड ३ लाख ६१ हजार ७७७ रुपैयाँको समान बरामद र १६ जना मानिसलाई नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको थियो । त्यसैगरी चालु आवमा २७ लाख ७८ हजार ३३४ रुपैयाँको बराबरको सरसमान र ३ जनालाई भन्सार पठाएको छ । उनी आफ्नो एकवर्षे कार्यकालमा १७ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । उनीहरुबाट ४ लाख २६ हजार ७७३ रुपैयाँ रुपैयाँ राजश्व असुलउपर भएको छ । 

यसैगरी लहान प्रहरीले उनको कार्यकालमा ४ विघा १३ कठ्ठा जग्गाको २७ हजार ७९० वोट गाँजा फडानी गरेको छ । प्रहरीका अनुसार चालु आव ०७७÷०७८ को हालसम्ममा घरेलु मदिराको कच्चा पदार्थ ३२ हजार ८८९ लिटर, तयारी मदिरा १० हजार ६४० लिटर, १८९ वटा मदिरा बनाउने भाडाकुडा र २ वटा मेसिन बरामद गरी नष्ट गरेका छन् । अवैध रुपमा गिट्टी बालुवा उत्खन्न नियन्त्रण गर्न ४९ वटा ट्याक्टर कारवाहीका लागि लहान नगरपालिकामा बुझाएको थियो । जसबाट २ लाख ४५ हजार राजश्व असुली भएको छ । लहानको नगर प्रहरी सडक विभागको एउटा कोठामा सिमित थिए । सैनिकले आफ्नो ब्यारेक हटायो । त्यही ब्यारेक अब प्रहरी बस्न व्यवस्था मिलाउन डिएसपी थापाले पहल थाले । अहिले सरकारको अधिकारिक निकायहरुको काम सकेर १ विघा ५ कठ्ठा ६ धुर जग्गा प्रहरीको नाममा आएका छन् । 

यसैगरी, पक्की टोल प्रहरी चौकीका लागि नयाँ पक्की घर निर्माणाधिन अवस्थामा छ । धनगढीमाई नगरपालिका १२ विष्णुपुरकट्टिका प्रहरी चौकीका लागि पनि ५ कठ्ठा जग्गा बाटोसहित प्राप्त गरेका छन् । त्यसैगरी पहिलेको जग्गामा ४ धुर थपेर भगवानपुर गाउँपालिकाको ठाडी प्रहरी चौकीमा काम अगाडी बढाइएको छ । लहान बजारमा शान्ति सुरक्षा कायम गर्न ठाउँठाउँमा सिसिटिभी जडान गराइएको छ । डिएसपी थापाका अनुसार आफुले कानुनी परिधिभित्र रहेर कामहरु गरेका छौँ । सेवाग्राहीहरुले यसको मुल्याकंन गर्नेछन् । उहाँको ललितपुर जिल्लाको पाटन  प्रहरी कार्यालयमा सरुवा भएको छ ।  यसै बीच आइतबार नै लहान नगरपालिका लहान , उधोग वाणिज्य संघ लहान सिराहा , सिरहा सुनचाँदी व्यवसायी संघ सिरहाले पनि डिएसपी थापाको विदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको जानकारी प्राप्त भएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.