शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
फिल्मी शैलीमा डकैति गर्ने लहानका तिन सहित चार जना पक्राउ
माघ १२, २०७७ | शुभ नारायण यादव

शुभ नारायण यादव २०७७ माघ १२ - 
 नेपाल टेलिकमको बिटीएस साइट (टावर)मा लाखौं रुपैयाँ बराबरको सामान डाँका गर्ने गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलन गर्दै डाँका कार्यमा संलग्न ४ जना डाकालाई प्रहरीले सार्वजनिक गरेको हो । सिरहाको लहान नगरपालिका वडा न. –१३ सरस्वती टोलका २२ वर्षीय राकेश यादव, सोही नगरपालिका वडा न.–३ ढगराहाका ३५ वर्षीय सुर्यनारायण महतो, सोही वडाका ३५ वर्षकै पवन जैसवाल र गोलबजार नगरपालिका–४ का ४१ वर्षीय दिपक अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेकामध्ये यादवले टेलिकमकै कर्मचारी हुँ भन्दै गत पुस २३ गते विहान सप्तरीको  सुरुङ्गा नगरपालिका वडा न.–२ हर्दियामा रहेको नेपाल टेलिकमको जिएसएम टावरमा प्रयोग भएको करिब १० लाख मुल्य पर्ने २४ थान ब्याट्री तथा ३५ एमएमको २० र अर्थिङ केवल २५ मिटर लुटेका थिए । अन्य तीन जना भने उनलाई ती सामानहरु निकाल्नेदेखि खरिद–विक्री गर्नमा सहयोग रहेको अनुसन्धानबाट खुल्न आएको  अायाेजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले जानकारि दिनुभयाे ।
घटनापछि टेलिकमबाट आएको निवेदनअनुसार अनुसन्धान गर्ने क्रममा सिसीटिभी, स्थानीयहरुको बयान र टेलिकमको सहयोगमा गत मंगलवार उनीहरुलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट डाँका गर्न प्रयोग गरिएको ना ४ ख ७२४६ नम्वरको मिनी ट्रक र ७ वटा ब्याट्री बरामद गरिएको छ भने अन्य १७ वटा ब्याट्री भारततर्फ पठाइसकेको एसपी धमलाले बताउनुभयो  ।यता पक्राउ परेकाहरुमाथि डाँका सम्वन्धी मुद्दामा १० दिनको म्याद थप गराई अनुसन्धान भइरहेको जनाएको छ । 

सोही पत्रकार सम्मेलनमा प्रहरीले लागुऔषसहित पक्राउ परेका दुई जनालाई पनि सार्वजनिक गरिएको छ ।जिल्लाकाे तिलाठी कोइलाडी गाउँपालिका वडा न.–१ स्थित हनुमाननगरबाट तिलाठीतर्फ जाँदै गरेको सप्तकोशी नगरपालिका–८ का २३ वर्षीय देवनारायण खंग र भारतबाट लागु औषध ल्याउन लगाएका सोही नगरपालिका–४ का संतोष खड्कालाई सार्वजनिक गरिएको हो । खंगको साथबाट डाइलेक्स डिसी २ बोतल, लिजेस्टिक इन्जेक्सन १५ एम्पुल, डाइजेपाम इन्जेक्स २० एम्पुल, फेर्नागन इन्जेक्सन २१ एम्पुल र स्पास्मो प्रोसिभोम १४ क्याप्सल बरामद भएको छ । यता पक्राउ परेका दुवै जना माथि आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.