शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
ब्राउन सुगरसहित एक पक्राउ
माघ १५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ १५ - 
सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका ३ चोहर्वा बस्ने बर्ष १९ का कृष्ण कुमार महतो रहेका छन् । प्रहरीले उनलाई बुधबार दिउँसो ३ बजे चोहर्वाबाटै बिक्री बितरण गर्नको लागि लगिरहेको अवस्थामा सानो १४ थान पोकामा ३२० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुरको विशेष टोलि र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले चेकजाँचको क्रममा ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.