शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मस जोडी द्वारा विपन्न बस्तीमा कम्बल वितरण अभियान जारि
माघ १६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ १६ - 
अत्याधिक चिसोले जनजीवन प्रभावित भएको बेला समाजसेवी मस जोडी अर्थात महेश चौधरी र संगीता कर्माचार्यले विपन्न बस्तीमा कम्बल वितरण अभियान जारि राखेका छन्। मस जोडीले विगत तिन दिन देखि निरन्तर न्यानो कम्बल बाड्ने कार्यलाई निरन्तरता दिदै पहिलो दिन माघ १३ गते लहान-१३ का ६० जना , १४ गते लहान २४ अन्तर्गत रहेका अति विकट ठाउँ खप्टे ड़ाड़ाको दलित बस्तीका ६० जना र माघ १५ गते  लहान १६ को भसुवा,भम्रे र बर्दमार विकट बस्तीका ६० जना गरि १८० जना गरीब, दलित,मजदुर, वृद्धवृद्धा, विपन्न तथा एकल महिलाहरु लाई शितलहर तथा चिसो बाट बच्नका लागी म.स. जोड़ी महेश चौधरी र संगीता कर्माचार्यले न्यानो कम्बल बितरण गरेका छन्।

मस जोडीले दिएको जानकारी अनुसार माननीय सांसद प्रदीप गिरी र एपोलो ओम बोर्डिङ स्कुलको आर्थिक सहयोगमा चिसो बाट जोगिनका लागि राहत स्वरुप कम्बल बितरण गर्ने कार्यलाई निरन्तरता दिइएको छ, र यो अभियान अझै जारि रहने उनले बताए ।अत्यधिक शितलहर ,हुस्सु र चिसोका कारण सबै क्षेत्र लगायत मजदुर, वृद्धवृद्धा र बालबालिका बढी समस्यामा परेका छन् । बाक्लो हुस्सु र पश्चिमी चिसो वायूका कारण सिरहा जिल्लाको जनजीवन निकै प्रभावित भएको छ ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.