शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आज प्रधानमन्त्री केपी शर्मा ओली सिरहा आउदै - मन्त्रि श्रेष्ठ
माघ १९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ १९ - 
सिरहा सदरमुकाममा आयोजना भइरहेको शहीद हेम नारायण यादवको स्मृतिसभाको सम्पूर्ण तयारि पुरा भएको छ। नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री,नेकपा केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज लिलानाथ श्रेष्ठले सोमबार हुने शहीद हेम नारायण यादवको १७औ स्मृतिसभाको सम्पूर्ण तयारी पुरा भएको आइतबार पत्रकार सम्मेलन गरि जानकारी गराउनु भएको छ। माघ १९ गते सोमबार शहीद हेम नारायण यादवको १७ औ स्मृतिसभालाई सम्बोधन गर्न नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सिरहा सदरमुकाम सिरहा आउने जानकारी गराउनु भयो। पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले शहीद कुनै विशेष दलको नभएर सबैको साझा रहेको बताउनु हुँदै हेम नारायण यादव मधेशकै एक होनहार नेता भएको चर्चा गर्दै उहाँको हत्या प्रतिगामी सत्ताले गरेको बताउनुभयो । १७ वर्ष अगाडी शाही सत्ताले हत्या गरेर लोकतन्त्र र परिवर्तनको सशक्त आवाज उठाउने एक क्रान्तिकारी नेताको छवि बनाउनु भएको हेम नारायण यादव सिरहाको मात्रै नेता नभएर मधेशकै नेतृत्व गर्न सक्ने एक योद्धा रहेको स्मरण गर्नुभयो।

सिरहा ३ बाटै २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेता यादव सिरहाली जनताको सुख दुखमा सधै साथ रहिरहने निर्भिक स्वभावको हुनुहुन्थ्यो । उहाँबाट त्रसित भएर तत्कालिन निरकुंश शाही सत्ताले उहाको हत्या गरेको ठोकुवा गर्नु भयो।राजा ज्ञानेन्द्रले चालेको प्रतिगमनकै समयमा १७ वर्ष अघि माघ १९ गते सिरहा ३ बाट निर्वाचित सांसद हेम नारायण यादवको हत्या तत्कालिन कर्णेल बाबुकृष्ण कार्कीले गरेको आनन्द प्रुसाद ढुङगानाको नेतृत्वमा बनेको संसदीय समितिले प्रतिवेदन बुझाइ सकेकोले सरकारले पहिचान भएका दोषीमाथि कार्वाही गरी छाड्ने उहाँले विश्वास दिलाउनुभयो ।

सम्मेलनमा उपस्थित राष्ट्रियसभाका सांसद तथा नेकपा प्रदेश २ का सचिव सुमनराज प्याकुरेलले अब आउने चुनावमा प्रदेश २ को दुई तिहाइ स्थानमा नेकपाले जीत हासिल गर्ने दाबी गर्नुभयो । नेकपा र चुनाव चिन्ह समेत प्रम ओलीले नेतृत्व गरेको पार्टीले पाउने निर्वाचन आयोगको निर्णयबाट प्रष्ट हुँदै गएको सांसद प्याकुरेलले ठोकुवा गरेका छन्। प्याकुरेलका अनुसार नेताहरुको संख्या प्रचण्ड–माधव समूहमा बढी देखिएपनि जनताको साथ ओली पक्षधर लाई रहेको दाबि गर्दै सरकारप्रति फैलाएको भ्रमहरु हट्दै गएपछि देशैभरी सरकारको पक्षमा जनलहर दिनानुदिन बढ्दै गइरहेको बताए । प्रदेश २ मा त झन् जनलहर बढ्दै गएको बताउदै बीरगञ्ज, जनकपुर र राजविराजको सभामा उपस्थित जनसहभागिताले प्रमाणित गरिसकेको र माघ १९ गते सोमबार शहीद हेमनारायण यादवको स्मृतिसभामा २५ हजारभन्दा बढीको उपस्थिति रहने ठोकुवा गर्नु भएको छ।नेकपा सिरहाका वरिष्ट सदस्य चन्देश्वर मण्डलको अध्यक्षतामा गोलबजारको पुरानो चौहर्वामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो। स्मृतिसभा लाई मध्य नजर गर्दै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिएका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.