शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मस जोडीको न्यानो कम्बल वितरण अभियान जारि
माघ २१, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ २१ - 
अत्याधिक चिसोले जनजीवन प्रभावित भएको बेला समाजसेवी मस जोडी अर्थात महेश चौधरी र संगीता कर्माचार्यले विपन्न बस्तीमा कम्बल वितरण अभियान लाई जारि राखेका छन्। मस जोडीले २०७७ साल माघ १३ गते देखि निरन्तर यस अभियान लाई निरन्तरता दिदै माघ १९ गते सोमबार लहान नगरपालिका -२२ सिस्वनिका मुसहर बस्तिका १५ जना र माघ २० गते मंगलवार लहान नगरपालिका-१५ बेतहा खोलाको अति बिकट ठाउँका ५१ जना गरीब, विपन्न ,असहाय ,एकल महिला र जेष्ठ नागरिक लाई शितलहर तथा चिसो बाट बच्नका लागी म.स. जोड़ी महेश चौधरी र संगीता कर्माचार्यले न्यानो कम्बल बितरण गरेका छन्।

मस जोडीले दिएको जानकारी अनुसार माननीय सांसद प्रदीप गिरी,अवसर फाउण्डेशन, एपोलो ओम बोर्डिङ स्कुल, बेबी एन्जल स्कुल,निरज स्टिल फर्निचर लगायत मनकारी नविन गुप्ता र श्याम गुप्ताको आर्थिक सहयोगमा चिसो बाट जोगिनका लागि राहत स्वरुप कम्बल बितरण गर्ने कार्यलाई अहिले सम्म निरन्तरता दिइएको र यो अभियान अझै जारि रहने बताएका छन्। मस जोडीले यस अघि माघ १३ गते लहान-१३ का ६० जना , १४ गते लहान २४ अन्तर्गत रहेका अति विकट ठाउँ खप्टे ड़ाड़ाको दलित बस्तीका ६० जना र माघ १५ गते लहान १६ का  भसुवा,भम्रे र बर्दमार विकट बस्तीका ६० जना गरीब, दलित,मजदुर, वृद्धवृद्धा, विपन्न तथा एकल महिलाहरु लाई शितलहर तथा चिसो बाट बच्नका लागी न्यानो कम्बल बितरण गरिसकेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.