शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
संविधान संशोधन गरेर चाडो चुनावमा जानु आफ्नो मुख्य दायीत्व ः
फाल्गुन ८, २०७३ | फिरोज शेख

फिरोज शेख लहान , फागनु ८– संविधान संशोधन गरेर चाडो चुनावमा जानु आफ्नो मुख्य दायीत्व भएको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बताउनु भएको छ । सिरहाको लहानमा आइतबार श्रीमद् भागवत महापुरण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्नुहुदै प्रधानमन्त्री दहालले भोलीकै क्याविनेटबाट सविंधान संशोधनको प्रस्ताव पारित गराएर चुनावको घोषणा गरिने बताउनु भयो ।‘शान्ति, संघियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाको लागि संविधान कार्यान्वयन जरुरी भएको भन्दै संविधान संशोधन गरेर चुनावमा जानुको विकल्प छैन’ उहाँले भन्नुभयो, ‘शान्ति, संघियता, गणतन्त्र र धर्मनिरपेक्षताको लडाई हामीले जित्नु पर्छ, यो लडाईमा मलाई मधेसी जनताको साथ सहयोग चाहिन्छ ।’ यो लडाई निकै पेचिलो भएको उहाँको भनाई थियो ।  पेचिलै भएपनि हामीले यो लडाई जित्नै पर्ने बाध्येता रहेको भन्दै अन्यथा देश निकै ठूलो भूमरिमा पर्ने बताउनुभयो ।

पछिल्ला दिनमा मधेस छुट्टयाउने र मधेसीलाई विदेशी जस्तो देख्ने अनि एउटा खास वर्ग र समुदायको पक्षलिने अन्धराष्ट्रवाद देखिएको छ । यो दुवै राष्ट्रवाद होइन भन्दै उहाँले भन्नुभयो, ‘मधेसी जनता र पहाडी जनता दुवैलाई एकठाउँमा राखेर मध्यमार्ग रोज्नु नै राष्ट्रवाद हो, मिलेर जानुमा नै सवैको भलो छ ।’उहाँले मधेसले नै मलाई प्रधानमन्त्री बनाएको हो । म मधेसीको अधिकारप्रति जहिलेपनि सजग गरेको बताउनु भयो । उहाँले भोली कै क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने, जनसंख्याको आधारमा मधेसमा स्थानीय निकायको संख्या निर्धारण गरी स्थानीय निकायको संख्या वृद्धि गरिने बताउनु भयो । 

गरिब विपन्न र दलित समुदायका छात्राबास र वृद्धाश्रमका लागि आयोजना गरिएको महायज्ञमा सरकारपनि साथमै रहेको विश्वास दिलाउनुभयो । उहाँले राजनीतिज्ञ वा धार्मिक पन्थका आविष्कारहरुले राखेको उद्धेश्य मानव जातीकै हीत र समानताको उन्नति नै मुख्य भएकाले उनीहरुले सबैलाई समानता स्थापित गर्न प्रेरित गरेको औल्याउनु भयो । उद्घाटन समारोहमा कांग्रेस नेता तथा सामाजिक चिन्तक प्रतिप गिरीले दिर्घरोच सहित लागेको राजनीति पनि धर्म नै भएको बताउनु भयो । उहाँले धर्म विनाको राजनीति अल्प कालिन हुनु नहुने सुझाउनु भयो । कार्यक्रममा कानुन मन्त्री अजय शंकर नायकको उपस्थिति रहेको थियो भने संसद पदम नारायण चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्रको प्रत्यक्ष प्रशारण रेडियो सरगम ९३ मेगाहर्ज र रेडियो समग्र १०७ मेगाहर्जले गरेको थियो । 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.