शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रचण्ड–नेपाल समुहले गरेको आमहडतालको प्रभाव लहानमा पनि
माघ २२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ २२ - 
प्रचण्ड–नेपाल समुहले घोषणा गरेको आमहड्तालको लहानमा प्रभाव परेको छ । लहानको बजार र छोटो तथा लामो दुरीका सवारीसाधनहरु पनि रुपमा बन्द रहेको छ । विहानैदेखि लामो रुटका सवारी साधन नचलेपनि मोटर साइकल फुटफुट रुपमा चलिरहेको छ । आमहडताललाई मध्यनजर गर्दै सिरहाको लहानमा व्यापक प्रहरी परिचालन गरिएको छ । लहानका बजार तथा केही शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द छ।यद्दपी निर्वाध रुपमा यातायता, बजार, शैक्षिक संस्था तथा सरकारी कार्यालय संचालनकालागि व्यापक सुरक्षाकर्मी परिचालन गरिए पनि लहान बजार पूर्ण रुपले बन्द रहेका छन्। लहानमा बन्दकर्ताले समेत अहिलेसम्म कुनै किसीमको उपद्रवी तथा करकाप नगरेको ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ। आन्दोलनकारीकारीहरु नारा लगाउँदै लहानको शहिद रमेश चौकमा धर्ना बसेका छन्। लहानमा बन्द कार्यक्रमलाई सफल बनाउन राष्ट्रिय युवा संघ नेपालका युवा नेताहरु विहाननै देखि बजार बन्द गराउदै पुर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन समेत गरिरहेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.