शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एपोलो ॐ माध्यमिक विधालय २५ औ वर्षमा प्रवेश
माघ २२, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ २२ -
सिरहाको लहान ७ मा अवस्थित एपोलो ॐ माध्यमिक विधालय सफलता पुर्वक २४ वर्ष पुरा गरि २५ औ वर्षमा प्रवेश गरेको छ। विधालयले  २५ औ वर्षमा प्रवेश गरेको शुभ अवसरमा विधालयका संस्थापक अध्यक्ष तथा समाजसेवी महेश चौधरीको अध्यक्षता र शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख शशि कुमार यादवको प्रमुख आतिथ्यमा बुधबार आफ्नो रजत जयन्ती केक काटेर मनाएका छन्। कार्यक्रममा शिक्षा , राजनीतिक , सामाजिक , पत्रकारिता , संचार तथा मनोरंजन , साहित्य लगायत एपोलो ॐ माध्यमिक विधालय लाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गरि अतुल्नीय योगदान पुरयाई रहनु भएका व्यक्तित्वहरुलाई खादा र मायाको चिनोले संस्थापक अध्यक्ष चौधरीले सम्मान गर्नु भएको थियो। कार्यक्रमको विशिस्ट अतिथि तथा अतिथिहरुमा पुर्व जिल्ला अधिकारि राम अधिन यादव, जेएस  मुरारका बहुमुखी क्याम्पसका प्रमुख तुलसी राम पोखरेल, प्रध्यापक डाक्टर अनिल झा, प्राविधिक शिक्षालयका सहायक प्रमुख धनुज यादव , प्याब्सन जिल्ला अध्यक्ष लालबाबु राय ,साहित्यकार अर्जुन प्रसाद गुप्ता दर्दिला, प्यारागन स्कुलका प्रमुख उमेश चौधरी ,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख लगायत विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो।


 
वार्षिक उत्सव समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ,विशिस्ट अतिथि तथा अतिथिहरुले " एपोलो ॐ माध्यमिक विधालय २४ औ वसन्त पुरा गरि २५ औ वसन्तमा पुग्दै शिक्षाको क्षेत्रमा निकै फडको मार्न सफल भएको बताएका छन्। ५० जना विद्यार्थी तथा ५ जना शिक्षक बाट सुरुवात गरेको यस विधालयमा अहिले ६०० भन्दा बढी विधार्थीहरुको संख्या पुग्नु आफैमा सराहनीय रहेको बताउदै यस विधालयले लहान क्षेत्रमा गुणस्तरीय शिक्षा दिन सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन्। निजी विधालयहरुले गरेको प्रगतिवाट सिकेर सामूदायिक विधालयहरुले पनि आफनो सुधार गर्न लाग्नुपर्छ , निजी र सामूदायिक विद्यालयहरु मिलेर गुणस्तरीय शैक्षिक बातावरण तयार गर्न लाग्नुपर्छ , यस भेगका विद्यालयहरुको लागि प्रेरणाको श्रोत बन्दै गैरहेको एपोलो स्कुल सहित प्याब्सन र एन प्याब्सनमा आवध विद्यालयहरु एक जुट भई शिक्षा क्षेत्रमा भइरहेको भ्रष्टाचार तथा लुट तनत्रलाई नियन्त्रण गरि शिक्षाको स्तर उन्नतिमा लाग्नुपर्ने कुरामा वक्ताहरुले जोड दिएका छन्। ”


अभिभावक , प्रधानाध्यापक , नागरिक समाज , शिक्षा प्रेमीहरुको सामूहिक प्रयासवाट लहान नगरपालिकामा शैक्षिक सुधारको बातावरण बनाउन आवश्यकता देखिएकोले ”यस विद्यालयले निजी तथा सामूदायिक विद्यालयहरुको अगुवा भएर लहानको समग्र शिक्षा क्षेत्रलाई अगाडि वढाउन नेतृत्वदायी भूमिका खेल्नु पर्ने र निजी विद्यालयहरुले भोगिरहेको समस्या समाधानको लागि पनि उचित कदम चाल्नु पर्ने सल्लाह सुझाव सहित शुभकामना मन्तव्य राखेका थिए। २०५३ सालमा स्थापना भएको यस विधालयले रजत जयन्तिको शुभ अवसरमा विभिन्न संस्कृतिक कार्यक्रमका साथै विभिन्न विधामा उत्कृष्ट भएका विधार्थीहरुलाई अतिथिको हात बाट शिल्ड तथा मेडल समेत प्रदान गरिएको थियो। कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो सरगम बाट गरिएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.