शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मिस्टर एण्ड मिस सिरहाको फिनाले माघ २८ गते पशुपति सिनेमा
माघ २५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ २५ - 
सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले माघ २८ गते हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन। पी. प्रोडक्सन नेपाल प्रालिको आयोजनामा संचालन भइरहेको" मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनाले २० दिनको तालिम पश्चात माघ २८ गते बुधबार विहान ११ बजे देखि लहान ८ मा अवस्थित पशुपति डिजिटल सिनेमा हलमा हुने आयोजकले जनाएका छन। देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट तथा विभिन्न शो संगै कार्यक्रमहरुको आयोजना गरेर ख्याती कमाउन सफल पी. प्रोडक्सनका कार्यक्रम संयोजक विशाल पासवानको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा समाजमा बढ्दो महिला हिंसालाई न्यूनिकरण ,बाल विवाह तथा लागु औषध मुक्त समाज निर्माण, स्थानीय भाषा, संस्कृती, धर्म, पहिचान, रहनसहन तथा क्षमता अविबिर्द्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक विशाल पासवानले जानकारी दिए। 

फिनालेमा युवा तर्फ बाट एक जना र युवती तर्फ बाट एक जना गरि २ जना विजेता हुने संयोजक पासवानले जानकारी गराउदै फिनालेमा मिस ग्रान्ड नेपाल निशा पाठक लगायत नेपालका दिगज कलाकर्मी तथा मोडलहरु जजको रुपमा रहने छन,भने नेपालका चर्चित विभिन्न कलाकार तथा सहभागीहरुको बेजोड प्रस्तुति रहने जनाउदै विजेता दुवै जनालाई नगद पुरस्कार १५/१५ हजार ,मोड्लिंग एग्रिमेन्ट, मियुजिक विडियो गर्ने मौका,विभिन्न तालिम, एशक्लर्शिप, आकर्षक उपहार संगै अवार्ड र नेशनल म्यागजिनका लागि फोटो शुटको अवसर प्रदान गर्ने आयोजकले जनाएका छन्। पत्रकार सम्मेलनमा मिस सिरहा २०२० विजेता सुप्रिया मण्डल, कोरियोग्राफर  प्रशान्त साह ,कार्यक्रम सह -संयोजक राजा अन्सारी,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज, लहान पोस्ट दैनिक पत्रिकाका शम्भु यादव, समृद्धिपथ दैनिकका फिरोज सिद्दिकी ,अपन दैनिकका रुन्केश कामति, एभि न्युजका शुभनारायण कामति,डि.एम खबरका मनोज बनैता र न्युजब्युरो डटकमका विजय यादवको उपस्तिथी रहेको थियो।  


यसै बीच प्रतियोगिता अन्तर्गत सम्पन्न टाइलेंट राउन्डमा सहभागीहरु क्रमस: सारांश साह,बन्चिता यादव,चिराग शर्मा,ऋतिका शर्मा,सुशान्त साह ,पुर्मिमा यादव,रोमन परियार,राज किशोर साह,मानिस साह,साहिल शर्मा,जिवछ पासवान,दिपक रोय,नाबिब राइन र विवेक साह सहित १४ जना युवा युवतीहरुले नृत्य ,गायन,कला,महिला हिँसा,बेराजगारी लगायतका शिर्षकमा आ-आफ्नो क्षमता प्रस्तुत गरेका थिए। टाइलेंट राउन्ड नेपाल युवा संघका जिल्ला सह-संयोजक आशानन्द यादवको प्रमुख आतिथ्यता तथा युवा संगका विवेक परियार ,मनोज सहनी ,नितेशनन्दन यादव, गोधुली होटलका संचालक आयुस अमात्य लगायतको उपस्तिथिमा सम्पन्न भएको हो। टाइलेंट राउन्डका जजहरुमा अभिषेक गौतम,सपना क्षेत्री,अन्जली शर्मा ,किशन रोका र आनन्द भुर्तेल रहेका थिए। कार्यक्रम गोधुली होटलको सभा हलमा भएको थियो। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.