शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
खेल स्वास्थ्यका लागि अति आवश्यक - म.स.जोडी
माघ २७, २०७७ | फिरोज शेख

खेल स्वास्थ्यका लागि अति आवश्यक - म.स.जोडी   

फिरोज शेख लहान २०७७ माघ २८ - 
समाजसेवी मस जोडी अर्थात महेश चौधरी र संगीता कर्माचार्यले शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण भएको बताउनु भएको छ। मंगलवार सिरहाको लहानमा एपोलो ओम सेकेन्डरी स्कुल र साइपल कलेजको आयोजनामा संचालन भइरहेको इन्टर स्कुल टि - 20 क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै म.स.जोड़ी महेश चौधरी र संगीता कर्माचार्यले यस्तो बताउनु भएको छ। कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै चौधरीले,‘शारीरिक र मानसिक स्वास्थ्यका लागि खेल अति आवश्यक छ । खेलले मानिसलाई उर्जा र स्फूर्ति मिल्छ। खेल क्षेत्रमा गरिने लगानीले राज्यका सबै क्षेत्रलाई स्वास्थ्य र गतिशील तुल्याउँछ। खेलका लागि स्थानीय तहले पनि आफ्नो लगानी बढाउन जरुरी रहेको बताउदै उहाले युवा देशका कर्णधार हुन् र उनीहरुलाई देश विकाश र समृद्धिका लागि केहि नकेहि क्रियाकलापमा संलगन गराई रहनु पर्ने बताउदै युवा लाई लागु औषध दुर्व्यसनीमा नफसन आग्रह गर्नुभयो।’ नेपाली समाजमा खास गरी साथीभाइको सङ्गत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारीका चिन्तन आदिले लागू पदार्थको दुरुपयोग बढ्दै गइरहेको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो। 

यसै बीच खेल विशिष्ट अतिथिको आसन बाट बोल्दै समाजसेवी कर्माचार्यले खेल सिकाईको एउटा दरिलो माध्यम पनि भएको तर्क गर्नु भयो। बालबालिकाहरूले त खेलकै माध्यम द्वारा धेरै कुरा सिकिरहेको बताउदै समाजमा घुलमिल हुन, अनुशासन, समय र अवसरको महत्व, सहयोग, सहकार्य, नैतिकता, इमानदारिता, सफलता-असफलता, धैर्यता जस्ता सिपको विकास खेलको माध्यम द्वारा  हुने गर्छ र खेल खेली हुर्केका बालबालिकाहरू हँसिला, मिलनसार, रमाइलो, सहयोगी, आत्माविश्वासी हुने गरेको उहाले बताउनु भयो। 

यसै बीच कार्यक्रमा विशिष्ट अतिथिकै आसन बाट बोल्दै शेख मिडिया हाउस तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखले भन्नु भयो " मानसिक स्वास्थ्यका दृष्टिकोणले खेलको भुमिका महत्वपूर्ण हुनुका साथै व्यक्तिको शारीरिक, सामाजिक तथा आध्यात्मिक विकासमा समेत खेलले ठुलो सहयोग पुर्‍याउँछ । केटाकेटीहरूले त खेलकै माध्यमद्वरा आफ्नो संवेग, इच्छा, सोचाई, भावना, असन्तुष्टि, कुण्ठाहरू, व्यक्त गरिरहेका हुन्छन् । व्यक्तिले  आफ्नो मनको गोप्य कुरा समते खेलको माध्यम द्वारा व्यक्त गरिरहेको समेत एक तथ्यांकले देखाएको छ। खेललाई मानसिक रोग तथा मनोवैज्ञानिक समस्याको उपचार पद्धतिको रुपमा प्रयोग गरिन्छ । जसलाई (प्ले थेरापी) भनिन्छ । खेल खेल्दा मष्तिस्कबाट निस्कने  ‘एन्डोरफिन’ रासायनिक तत्वले हाम्रो मुडलाई राम्रो बनाउने भएको हुँदा हाम्रो जीवनलाई सार्थक र सवल बनाउन खेलकुद अति आवश्यक रहेको उहाको तर्क थियो।

कार्यक्रममा विभिन्न संघ संस्थामा आवध प्रमुख तथा प्रतिनि लगायत प्रतियोगितामा सहभागी लहान नगरपालिका भित्र रहेका सहभागी १६ वटा स्कुलहरुका खिलाडी तथा शिक्षक,विद्यार्थीहरुको उपस्तिथी रहेको थियो। प्रतियोगितामा विजेता तथा उपविजेता हुने स्कुललाई शिल्ड ,मेडल र प्रमाण-पत्र प्रदान गरिने आयोजकले जनाएको छ। लहानमा अवस्थित पशुपति आदर्श माविको प्रांगणमा आयोजना भईरहेको प्रतियोगिता अन्तर्गत मंगलवार भएको मनकामना बोर्डिंग स्कुल र पशुपति आदर्श मावि बिचको उद्घाटन खेलमा पशुपति आदर्श मावि लाई ३८ रनले पराजित गर्दै विजय भएका छन्। टस जितेर पहिला ब्याटिंग गर्दै मनकामनाले १८  ओभर ५ बल खेल्दै १४२ रनमा अल आउट भएका थिए।मनकामनाको  तर्फ बाट अभिनाष पासवान ३० रन, सुभाष रिजाल १७ रन र जय मण्डल १५ रन जोड्दै १४२ रन बनाउन सफल भएका थिए। पशुपति स्कुलको तर्फ बाट बलिङ्ग गर्दै धिरज मण्डल ४ ओभरमा १७ रन खर्चेर ३ विकेट ,रितेश शर्मा ४ ओभरमा ३० रन खर्चेर २ विकेट र शिव मण्डल ३ ओभर ५ बलमा ३३ रन खर्चेर २ विकेट लिन सफल भएका थिए। 

जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका पशुपति आदर्श माविले १६ ओभर ५ बलमा अलआउट हुँदै मात्र १०४ रन योगफल बनाउदा ३८ रनले पराजित भएका छन्। पशुपति माविका लागि ब्याटिंग गर्दै सोनु शर्मा १९ रन ,विवेक मण्डल १० रन र रमेश मण्डलले १० रनको योगदान दिएका थिए। भने पशुपति मावि लाई १०४ रनमा समेट्न मनकामनाका शंकर भगतले ४ ओभर बलिङ्ग गर्दै २७ रन खर्चेर ३ विकेट ,सिद्धार्थ मण्डल ३० रन खर्चेर ३ विकेट र रमेश यादव १७ रन खर्चेर २ विकेट लिन सफल भएका थिए। 

यसै बीच प्रतियोगिता अन्तर्गत सम्पन्न दोस्रो खेलमा सलहेस फुलवारी स्कुललाई शिवम रेन्वो स्कुलले १० विकेटले पराजित गर्दै विजय सुरुवात गरेका छन्। सलहेस फुलवारीले दिएको ५२ रनको लक्ष्यलाई विना कुनै क्षति ५३ रन बनाउदै शिवम रेन्वो स्कुलले विजय शुरुवात गरेका छन्। प्रतियोगितामा सिराहा एकेडमी ,लक्ष्मण ललिता  ,पशुपति आदर्श मावि ,मनकामना ,लोर्ड बुद्ध ,बेवी एन्जल  ,जी.वि .शो ,हिमालयन विधा निकेतन ,सल्हेश फुलवारी ,रेन्वो शिवम ,गुरुकुल ,मेरी चिल्ड्रेन ,सफ्टेक ,सारदा ,समता र एपोलो ओम स्कुलले सहभागिता जनाएका छन्। प्रतियोगिताको उद्घाटन समाजसेवी महेश चौधरीले ब्याटिंग गर्दै गरेका थिए। खेलको निर्यायक एम्पायरमा संजय चौधरी र अजय पासवान रहेका छन्। भने प्रतियोगिताको व्यवस्थापनमा क्रिकेटर सुमित चन्द्रदेव रहेका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.