शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सेवा सुविधा विस्तार गर्दै सप्तऋषि अस्पताल ,अब ओ.पी.डि.टिकटको रु .१००
माघ २९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ २९ - 
सिरहाको लहानमा अवस्थित सप्तऋषि अस्पताल लहानले सेवा विस्तार गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुभाष बाबु साहले एक सुचना जारि गर्दै जानकारी गराएका छन। अस्पतालले विगतका दिनहरुमा दिई रहेका स्वास्थ्य सेवाहरु बाट प्रभावित भई अझ प्राविधिक तथा सुविधायुक्त बनाउन र सबै वर्गका विरामीहरुलाई सुविधा युक्त संगै सुलभ दरमा सेवा प्रदान गर्ने उदेश्यका साथ आफ्नो सेवा विस्तार गर्न लागेको डा. साहले जनाएका छन्। अस्पतालले निरन्तर सेवा दिदै आइरहेको सेवाहरुमा २४ सै घण्टा इमर्जेन्सी, प्रसुती ,ओप्रेशन,फार्मेसी,ल्याबोरेटरी,विडियो एक्सरे,फिजियोथेरापी, डिजिटल एक्सरे ,आउट पेटेन्ट एण्ड इन पेटेन्ट , क्याविन सेवा सुविधा ,एनआइसीयु,हाइ केयर युनिट,सिटि स्क्यान,पेयिंग वार्ड, एच ए , सि एम ए र नर्सिङ्गको ट्रेनिंग ,इन्टर शिप जव, सी ए मइ संगै वर्कशोप रहेका छन् भने नयाँ वर्ष २०७८ को शुरुवात संगै पिडारहित प्रसुती सेवा,इन्डोस्कोपी तथा शल्यक्रिया सेवा, दाँत सम्बन्धि सम्पूर्ण रोगको सेवा  लगायतका सेवा सुविधाहरु सुचारु गरिने जनाएका छन। सप्तऋषि अस्पतालले अब विरामीहरुको सेवासुविधा लाई मध्यनजर गर्दै नाफा मुखी नभई सेवामुखी सेवा प्रदान गर्ने उदेश्यका साथ आफ्नो सेवा सुविधा विस्तार गर्दै जाने जनाएका छन्। 

यसै बीच अस्पतालले कोभिड-१९ कोरोना महामारीले निम्त्याएको आर्थिक भारलाई कम गर्ने हेतु अस्पतालमा संचालित ओ.पी .डि.सेवाको ओ.पी .डि. टिकट यहि मिति २०७७ साल फागुन १ गते देखि विहानको ७:३० बजे देखि ९ :३० बजे सम्ममा टिकटको शुल्क रु .१०० मात्र निर्धारण गरिएको अस्पतालका प्रवन्धक ऋषि रंजन चौधरीले जानकारी दिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.