शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मिस्टर एण्ड मिस सिरहा आइकोनको ताज चिराग र वन्चिता लाई
माघ २९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ माघ २९ - 
सिरहाको लहानमा मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को ग्राण्ड फिनाले बुधबार राति सम्पन्न भएको छ । पी. प्रोडक्सन नेपाल प्रालिको आयोजनामा संचालन भएको " मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फिनालेमा कडा प्रतिस्पर्धाका बीच मिस्टर सिराहा २०२१ चिराग शर्मा, मिस सिरहा २०२१ बन्चिता यादव र लिटल मिस्टर सिरहा २०२१ सारंस साह भएका छन्। शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका संचालक फिरोज शेखको अध्यक्षतामा सम्पन्न फिनालेमा सात जना युवती र ११ जना युवागारी १८ जना प्रतियोगी बीच विभिन्न राउण्डमा कडा प्रतिस्पर्धा हुँदा तियोगितामा ६ युवतीलाई उछिन्दै सिरहाकी १८ वर्षीया बन्चिता यादव मिस सिरहाको ताज पहिरिएकी हुन भने ११ जनालाई उछिन्दै चिरागले मिस्टर सिरहाको ताज पहिरिएका छन।  मिस सिरहाको उपाधि जितेकी यादवलाई मिस ग्रान्ड नेपाल–२०१९ निशा पाठकले ताज पहिर्याइन् । भने मिस्टर सिरहालाई कोरियोग्राफर प्रशान्त साहले ताज परिराएको थियो । मिस र मिस्टर सिरहालाई १५/१५  हजार नगद ,मोडिलिङ एग्रिमेन्ट, म्युजिक भिडियो गर्ने मौका, विभिन्न तालिमको अवसर प्रदान गर्ने आयोजकले जनाएका छन् ।

फिनालेको फस्ट रनरअप रोमन परियार र रितिका शर्मा भएका छन। त्यस्तै सेकेन्ड रनरअप दिपक रोय र पुर्णिमा यादव ,मिस्टर टेन शुसांत साह ,भिवर च्वाइस रीतिका शर्मा , अर्ग्नाइजर च्वाइस विनर जिवछ पासवान हुन् सफल भएका छन्। फिनालेको निर्णायक समितिमा मिस ग्रान्ड नेपाल–२०१९ निशा पाठक, संचारकर्मी विशाल एच आले ,डान्सर तथा कोरियोग्राफर विमल पासवान, अर्ग्नाइजर साइर केसी रहेका थिए। प्रतियोगिता सफल बनाउन विशेष सहयोग गर्नुहुने राष्ट्रिय युवा संघ नेपालका सिरहा जिल्ला सह-संयोजक अशाननद यादव, युवा नेता विवेक पंजियार,मनोज सहनी ,उमेश यादव,विराट मण्डल लगायत विभिन्न सहयोगीहातहरु लगायत अतिथिहरु लाई मायाको चिनोले सम्मानित गरिएको थियो" भने गायक सरोज सन्त ,सोनी कुमार, शुसिल विश्वकर्मा ,अभिषेक गौतम, दिपक शर्मा ,गोकुल नौपाने लगायत विभिन्न कलाकार हरु द्वारा सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिएको थियो। फिनाले लहान ८ मा अवस्थित पशुपति डिजिटल सिनेमा हलमा सम्पन्न भएको छ। प्रतियोगिताको मिडिया पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज र लहान पोस्ट दैनिक पत्रिका रहेको थियो। कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न पि . प्रोडक्सन प्रालिका कार्यक्रम संयोजक विशाल पासवान ,कार्यक्रम सह -संयोजक राजा अन्सारी,अफ़िसिअल कोरियोग्राफर प्रशान्त साह र मिस सिरहा २०२० विजेता सुप्रिया मण्डलले मुख्य भूमिका निर्वाह गरेका थिए। कार्यक्रमको उद्घोषण बुटवल बाट आउनु भएका रेशम न्यौपानेले गरेका थिए।  

रेडियो सरगमले आफ्नो सातौ वार्षिक उत्सव
आश्वीन ११, २०८० | सरगम खबर समाचारदाता
यामाहा द्वारा FZ -S V3 को
भाद्र २८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.