शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
आयुर्वेद औषधालय भवनको उद्घाटन,जग्गा दाता सम्मानित
फाल्गुन ४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ फागुन ४ - 
सिरहाको लहान -१ मा आयुर्वेद औषधालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। २०६८ साल माघ १२ गते तत्कालिन स्वास्थ्य मन्त्रि राजेन्द्र महतो द्वारा शिलान्यास गरिएको आयुर्वेद औषधालयको भवन निर्माण पश्चात एक कार्यक्रमका बीच लहान नगरपालिका नगर प्रमुख मुनि साह द्वारा भवनको समुद्घाटन गरिएको छ। आयुर्वेद औषधालयका बैध राम प्रवेश प्रसादको अध्यक्षता तथा नगरप्रमुख मुनिसाहको प्रमुख आतिथ्यतामा सम्पन्न समुद्घाटन कार्यक्रमा औषधालय निर्माणका लागि २ कट्ठा र बाटोका लागि डेढ कट्ठा जग्गा सहित साढे तिन कट्ठा जग्गा उपलब्ध गराउनु भएका लहान २ निवासी स्वर्गीय हरिलाल दास यादव र लहान ८ निवासी स्वर्गीय विन्देश्वर चौधरी र उनका छोरा स्वर्गीय विष्णु चौधरीका परिवार कौशल्या देवी यादव ,श्यामा कुमारी चौधरी ,बालेश्वर यादव र शुभाष चौधरी लगायत उपप्रमुख सरियार कुमारी चौधरी ,वडा अध्यक्षहरु,संचारकर्मी ,कर्मचारी ,बुद्धिजीवीहरुको उपस्तिथिमा सर्वसाधारणहरु लाई नि:शुल्क सेवा प्रदान गर्ने उदेश्यले आयुर्वेद औषधालयको स्थापना गरिएको नगरप्रमुख साहले बताउनु भयो। कार्यक्रममा नगरप्रमुख साहले जग्गा दाता परिवारलाई कदर -पत्र सहित दोसल्लाह ओढाएर सम्मान गरिएको थियो। कार्यक्रमको संचालन लहान नगरपालिकाका कर्मचारी लखनलाल साहले गरेका थिए। 

यसै बीच लहान ७ मा अवस्थित पुरानो राम मन्दिरको मुर्तिलाई नगरप्रमुख साहको उपस्तिथिमा स्थान्तरण गरिएको छ। पुरानो जिर्ण अवस्थामा रहेको राम मन्दिरलाई नयाँ संरचना सहित निर्माण कार्य अगाडी बढाउनका लागि मन्दिर निजिकै मुर्ति स्थान्तरण गरिएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.