शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा सुविधा सम्पन्न सुनचाँदी पसलको उद्घाटन
फाल्गुन ६, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ फागुन ६ - 
सिरहाको लहानमा एक कार्यक्रमका बीच कृष्णा ज्वेलरी आइ .एम.ई. सुनचाँदी पसलको समुद्घाटन गरिएको छ। लहान -१ मा अवस्थित सबभन्दा पुरानो आइ .एम.ई. मनि ट्रान्सफरको रुपमा स्थापित कृष्णा मनि ट्रान्सफरका संचालक राम विलास महतोले आफ्नो सेवा विस्तार गर्दै शहिद चौक विशाल होटलको सामुने पुरानो आइ .एम.ई. मनि ट्रान्सफरको भवनमा सुविधा सम्पन्न कृष्णा ज्वेलरी आइ .एम.ई. सुनचाँदी पसल स्थापना गरि लहान सुनचाँदी व्यवसायी संघका अध्यक्ष श्याम साह भोरे भोरको प्रमुख आतिथ्यतामा पसलको समुद्घाटन गरेका छन्। प्रमुख अतिथि श्याम साह भोरे भोरले रातो रिवन काट्दै माता लक्ष्मीको तस्विरमा फूलमाला अर्पण गरि कृष्णा ज्वेलरी आइ .एम.ई. सुनचाँदी पसलको समुद्घाटन गरेका थिए। उद्घाटन समारोहमा विभिन्न संघ -संस्थाका प्रतिनिधि , जनप्रतिनिधि ,बुद्धिजीवी ,नागरिक समाजका अगुवा ,व्यापारी ,राजनीतिक दलका प्रतिनिधि लगायत संचारकर्मी , सर्वसाधारणहरुको उपस्तिथी रहेको थियो। कृष्णा ज्वेलरी आइ .एम.ई. सुनचाँदी पसलमा विभिन्न किसिमका अत्याधुनिक ,परम्परागत सुनचाँदीका तयारि गहना पाउनुका साथै अडरअनुसारको गर गहना तयार पनि गरिने संचालक महतोले जानकारी गराएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.