शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
प्रियान्सु लाई अपहरण गराउने काका सहित दुई पक्राउ
फाल्गुन ११, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ फागुन ११ - 
सिरहाका दुई वर्षीय बालक प्रियान्सु यादवको अपहरणमा उनको आफ्नै काकाको संलग्नता रहेको प्रहरीले खुलाएका छन्।अपहरण घटनाको झण्डै २० दिन पश्चात प्रहरीले बालक प्रियान्सुको काका कुलदीप यादव र सिरहा नगरपालिका १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यलय सिरहाका उपरीक्षक सुदीपराज भण्डारीका अनुसार काका भरोसीकै योजनामा बालकको अपहरण गरी भारत लगेको अनुसन्धानबाट खुलेको बताउनु भयो।

पक्राउ परेका दुबैजनालाई आइतबार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थपि अनुसन्धान गरिरहेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले जानकारी गराउनु भयो। सिरहा नगरपालिका–१ डुम्बाखाता बस्ने प्रदिप यादवका २ वर्षीय छोरा प्रियांसुको गएको माघ २० गते राति साढे ८ बजे आफ्नै घरको बरण्डाबाट अपहरण भएको थियो ।खोजतलासको क्रममा दुईदिन पश्चात माघ २२ गते घरबाट १८ किलोमिटर टाढा भारतको जिल्ला मधुवनी खाजेडी भन्ने गाँउबाट भारतीय प्रहरीको सहयोगमा बालक प्रियान्सुलाई सिरहा प्रहरीले सकुशल उद्धार गरि सोहि दिन राति आमा संगिता कुमारी यादवलाई बालक प्रियान्सुलाई जिम्मा लगाइएको थियो ।

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.