शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
बजाज RE को नयाँ अटो संचारकर्मी शेख द्वारा सार्वजनिक
फाल्गुन १४, २०७७ | सरगम खबर समाचारदाता

शियाराम यादव २०७७ फागुन १४ - 
नेपालका लागि बजाज अटो लिमिटेड, भारतको आधिकारिक बितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बाजाज तीनपाङ्ग्रे अटो नेपालमा ल्यएको छ । उक्त अटो नेपालमा आए संगै बिहिवार एक कार्यक्रमका बीच लहानका लागि आधिकारिक विक्रेता नविन इन्टरप्राइजेजले बजाज कम्पनिको तीन पाङ्ग्रे नयाँ अटो बजाज RE BS VI शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगहर्जका संचालक फिरोज शेखको हात बाट सार्वजनिक गर्दै बजारमा ल्याएकोछ । संचारकर्मी शेखले रातो पर्दा खोलेर अटो सार्वजनिक गरेका थिए। यो अटो नेपामै पहिलो पल्ट BA VI इन्जिनमा फियुल इन्जेक्सन एफ आई प्रबिधिमा आएको छ, जसले यसमा उच्चत्तम पावर र तान–शक्ति दुबै दिनुका साथै माइलेज पनि बढिमात्रामा दिनेछ । नयाँ ड्यास्क बोर्डमा एफ एम तथा एमपी थ्री जडान भएको यो नयाँ RE मा धेरै स्टाइलिश फिचरहरु रहेको कम्पनीले जनाएको छ।

अटो सवारीहरुका लागि ढोका, अझ ठुलो र पछाडि हेर्ने मिल्ने सिसा, ड्राइभरको आरामका लागि फुट रेस्ट, प्यासेन्जरहरुले बाहिर सजिलै हेर्न सकिने गरी डिजाइन गरिएको पछाडिको हुड, धेरै हावा सेर्कुलेट हुने गरि डिजाइन गरिएको इन्जिन कभर, नयाँ अझ धेरै ल्कियर हेड लाइट, लगायतका फिचरहरु रहेको छ । यो नयाँ RE को शुरुवाती बजार मुल्य रु, ५ लाख ६४ हजार ९०० राखिएको छ ।यो नयाँ RE ले ३० कि.मि. प्रति लिटरको माइलेज दिने ज्ञाइएको छ।यो नयाँ RE मा एक्स्चेन्ज र फाइनान्सको पनि सुबिधा रहेको नविन इन्टरप्राइजेजले जनाएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.