शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
के चर्चाले चल्ला त् फिल्म ?
फाल्गुन ८, २०७३ | सरगम खबर समाचारदाता

काठमाण्डौ ८ फागुन - पछिल्लो समय पल शाह र आचल शर्मा फिल्म ‘जोनी जेन्टलम्यान’ मा ब्यस्त छन् । फिल्म ‘नाई नभन्नु ल ४’ मार्फत डेब्यु गरेका यो जोडी प्रेममा रहेको खबरले पनि मिडियामा राम्रै स्थान पाउने गरेको छ भने यो जोडीले पनि ग्रीन सिग्नल दिईनै रहेका छन् । पहिलो फिल्म सफल भएता पनि जस यी दुइले पाउन सकेनन यसैले गर्दा पनि दोस्रो प्रोजेक्टमा यी दुइ मेहनतका साथ् लागेका छन् । यस्तो अवस्थाका बीच आचलले केहि तस्वीर फेसबुक मार्फत सार्वजनिक गरेकी छिन । ‘जोनी जेन्टलम्यान’ को सार्वजानिक यी तस्वीरमा यी दुइको रोमान्स केमेष्ट्री देखाउन खोजिएको छ । थुप्रै म्युजिक भिडियो निर्देशनको अनुभव संगालेका नितिन चन्दले यसलाई निर्देशन गरेका हुन् । यसैले गर्दा पनि फिल्मको फ्रेमीङको भने राम्रै चर्चा भैरहेको छ तर प्राय म्युजिक भिडियो निर्देशकले निर्देशन गर्ने फिल्ममा समस्या पटकथामै देखिने गर्छ । यसैले गर्दा पनि आउदो बर्षको जेठमा प्रदर्शनमा आउने यो फिल्म मार्फत पल र आचलको जोडीले यी तस्वीरहरु झैँ अभिनयमा चर्चा पाउछन या पाउदैनन यो भने आउदा दिनले नै बताउने छ । फिल्मीबजार 

 

गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.