शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
देश विकासमा व्यवसायीहरुको महत्वपूर्ण योगदान - मन्त्री श्रेष्ठ
फाल्गुन २०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ फागुन २० - 
 ‘समृद्धिको आधार कृषि, उद्योग, पर्यटन र व्यार’ भनने नाराका साथ बुधबार जिल्ला उद्योग वाणिज्य संघ, सिरहाको स्वर्ण जयन्ति तथा ३२ औं साधारण सभाको उद्घाटन गर्दै कानुन, न्याय तथा संसदिय मामिला मन्त्री लिलानाथ श्रेष्ठले देश विकासमा व्यसायीहरुको महत्वपूर्ण योगदान रहेको भन्दै उनीहरुका सवैखाले समस्या समाधानका विषयमा आफ्नो मन्त्रालय छलफल गर्न तयार रहेको बताएका छन्। भारतीय सीमाक्षेत्रका बजारसम्म नेपाली उत्पादन विक्रिको बातावरण नरहेको भन्ने व्यसायीहरुको गुनासोमा मन्त्री श्रेष्ठले तत्काल बातावण बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिनुभयो । उनले नेपाली उत्पादन विदेश पठाउन सकेमात्र यहाँको विकास हुने भएकाले स्थानीय प्रशासनले त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए ।

लहान नगरपालिकाका नगर प्रमुख मुनी साहले उद्योग व्यवसाय विकासमा आफ्नो तर्फबाट गर्नुपर्ने सबै खाले सहयोग गर्न तयार रहेको बताउनु भयो। लहान नगरपालिकामा सवै खालका उद्योग व्यसायको सम्भावना रहेको बताए । जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्यले सभा अध्यक्षको आसन बाट बोल्दै भारतीय सीमाक्षेत्रका नेपाली बजारमा निर्वाद रुपमा नेपाली उत्पादन रक्सी संगै अन्य देशबाट आएका माल सामानहरु पउनुपर्ने जिकिर गरे । उद्योग वाणिज्य संघ सिरहा लहान ५० वर्ष पुरा गरेको शुभ अवसर पारेर मनाइरहेको स्वर्ण जयन्ति वर्ष २०७७ को अवसरपारी व्यवसाय तथा अन्य माध्यम बाट सामाजिक क्षेत्रमा योगदान पुर्याएका सारडा र मुरारका परिवार , स्वर्गीय डाक्टर पशुपति चौधरी,हिमालयन सुगरमिल,सौर्या सिमेन्ट ,मारुती सिमेन्ट लगायत विभिन्न व्यक्तित्वहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.