शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानको बालबिटोरी र गाउँब्लक जग्गा फुकुवा गर्न प्रधानमत्री लाई बिन्ती
फाल्गुन २०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ फागुन २० - 
बालबिटोरी र गाउँब्लक जग्गा फुकुवा संघर्ष समिती लहानका संयोजक विजय कुमार गुप्ताले लहान बजारको ठुलो समस्याको रुपमा रहेको बालबिटोरी र गाउब्लक जग्गा रोक्का लाई फुकवा गरीदिनका लागि  नेपाल सरकारको कानुन, न्याय तथा संसदिय मामिला मन्त्रीलीलानाथ श्रेठ मार्फत प्रधानमत्री के.पि. शर्माओली लाई बिन्ती पत्र पठाएका छन्।  जिल्ला उद्योग वाणिज्य संघ, सिरहाको स्वर्ण जयन्ति तथा ३२ औं साधारण सभा कार्यक्रममै पुगी संयोगक गुप्ताले मन्त्रि श्रेष्ठ लाई बिन्ती पत्र बुझाएका छन्। 

बालबिटौरी तथा गाउँब्लक जग्गा फुकुवा नहुँदा लहान बजारका सर्वसाधारण ,व्यापारी लगायत करिब २ हजार ५ सय घरधुरी जनसमुदाय संग जग्गा धनि प्रमाण पत्र हुँदा पनि मारमा परेका छन्। संघर्ष समितिका संयोजक विजय कुमार गुप्ताका अनुसार लहान नगरपालिका अन्तर्गत रहेको गाउँब्लक जग्गाहरु २००४ सालमा नापी गरि जम्मा बन्दि श्रेस्ता कायम भएको छ। त्यस जग्गा मध्ये बजार क्षेत्रको सिङ्गराही मटिअर्वा ,बैरिया गोपालखोन्ही र रघुनाथपुर मौजामा पर्ने जग्गा तत्कालिन श्री ५ को सरकार भन्सार विभागबाट २०१० सालमा बालबिटौरी लगाउने गरि नापी भएको थियो।

सो जग्गाको नापी श्रेस्ता कायम गरि सोहि आधारमा हनुमाननगर भन्सार कार्यलय अन्तर्गत लहान छोटी भन्सार कार्यलय मार्फत लागतका आधारमा वार्षिक रुपमा बालबिटौरी असुल तहसिल गरि आएको र सरकारको नीति अनुरुप भन्सार कार्यलयहरुलाई बोर्डर छेउमा सार्दा लहान छोटी भन्सार कार्यलय लहानबाट नेपाल भारत बोर्डर सिमा नवराजपुर झाँझपट्टिमा सारेको थियो। सो कार्यलय सार्दा लगतका आधारमा वार्षिक बालबिटौरी असुल तहसिल गर्न स्थानीय निकाय तत्कालिन लहान बजार आदर्श गाउँ पन्चायतलाई श्रेस्ता हस्तातरण भए अनुरुप स्थानीय निकायले बालबिटौरी असुल तहसिल गरि आएको छ। यो संगै जग्गाको स्वामित्व तथा हक हस्तान्तरण गर्दा लगतका आधारमा दर्ता तथा हकभोग भएको स्थानीय निकायको सिफारिसका आधारमा मालपोत कार्यलयबाट रजिष्टेशन पास भै मालपोत कार्यलयको जनाउपत्र अनुसार स्थानीय निकायले अभिलेख ( श्रेस्ता ) मा दाखिल खारेज गर्ने गरेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.