शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नि:शुल्क आँखा शिविरमा २६५ जना लाभान्वित
फाल्गुन २९, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ फागुन २९ - 
लहान नगरपालिका नगरप्रमुख मुनि साह र सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरी द्वारा संयुक्त रुपमा उद्घाटन गरिएको नि:शुल्क आँखा जाँच शिविरमा २६५ जना सर्वसाधारण लाभान्वित भएका छन् । सिरहाको लहानमा शुक्रबार भएको एक दिने नि:शुल्क आँखा जाँच शिविरमा आँखामा समस्या भएका २६५ जना सर्वसाधारण लाभान्वित भएका हुन्। कार्यक्रमा नगरप्रमुख साहले आँखाका विरामीहरुको निःशुल्क उपचार शिविर सम्पन्न भएपछि दोश्रो चरणमा पाठेघर सम्बन्धी शिविर सञ्चालनमा ल्याउने बताउनु भएको छ । विलट साह रौनियार होमियोपैथिक अस्पताल लहान–५ मा संचालन भएको एक दिने नि:शुल्क आँखा जाँच शिविरलाई उदघाट्न गर्नु हुँदै उहाँले स्वास्थ्य नागरिकबाट मात्रै हाम्रो ‘लहान, समृद्ध लहान’को नारा सम्भव हुने भएकोले लहान नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको प्रष्टयाँउदै भन्नुभयो,‘लहान नगरपालिकामा रहेको सगरमाथा चौधरी आँखा अस्पतालले गरिरहेको उपचारबाट अन्य देशका नागरिकहरुले सेवा लिइरहेको भएपनि लहानकै नगरवासीहरु आँखा सम्बन्धी रोगको उपचारका लागि अस्पतालसम्म नपुग्नु विडम्बना हो । यसबारे प्रचारप्रसार गर्नपनि आँखा शिविरको आयोजना गरिएको उहाँले बताउनु भयो ।

एक दिने आँखा शिविरबाट शल्यक्रिया गराउनुपर्ने विरामीहरुको अस्पतालमा उपचार गर्न लाग्ने सबै शुल्क लहान नगरपालिकाले नै व्यहोर्ने भन्दै दोश्रो चरणमा पाठेघर सम्बन्धी विरामीहरुको उपचार र शल्यक्रिया गराउन  निःशुल्क स्वास्थ्य शिविर चाँडै हुने जानकारी गराउनुभयो । शिविर उद्घाट्न कार्यक्रममा चौधरी आँखा अस्पताल लहानका अध्यक्ष रविन्द्रलाल चौधरी र सफटेक कलेजका प्रमुख डा. महादेव साहले ढिलै भएपनि लहान नगरपालिकाले जनसेवामुखी कार्यक्रम गर्न लागेको भन्दै शिक्षा, स्वास्थ्यलाई विकासको प्रथमिकतामा राख्नुपर्ने सुझाव दिए  ।
लहान नगरपालिका स्वास्थ्य शाखाका प्रमुख राम सुन्दर यादवका अनुसार शिविरमा २६० जनाले आ-आफ्नो आँखाको नि:शुल्क जाँच गराएकोमा ७५ जना मोतियाविन्दु विरामी फेला परेका छन्। यसै बीच पाठे घरसम्बन्धी शल्यक्रिया गराउनुपर्ने दुई सय महिला विरामीहरुका लागि लहान नगरपालिकाको तीन ठाँउमा चैत ११,१२ र १३ गते नि:शुल्क शिविर सञ्चालन हुने जानकारी गराउनु भयो।आँखा शिविर उदघाट्न कार्यक्रमको अध्यक्षता लहान–५ का वडा अध्यक्ष सुलेमान मिया अन्सारीले गर्नु भएको थियो , भने कार्यक्रमको सञ्चाल लहान नगरपालिकाका कर्मचारी लखनलाल साहले गरेका थिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.