शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
तिन महिने नि: शुल्क कम्प्युटर तालिम सम्पन्न
फाल्गुन २९, २०७७ | फिरोज शेख

फिरोज शेख २०७७ लहान फागुन २९ - -    
सिरहाको लहान नगरपालिका वडा नम्बर ८ का वडा सदस्य सुरेश कुमार साहले नगरपालिकाले उपलब्ध गराएको करिब एक लाख ५० हजार पारिश्रमिक भत्ता बाट वडा नम्बर ८ का युवा तथा विद्यार्थीलाई स्वरोजगार,आत्मनिर्भर र प्रविधि ज्ञान सिकाईमा दक्ष बनाउने उदेश्यले शुरु गरेको तिन महिने आधारभूत ( बेसिक ) नि: शुल्क कम्प्युटर तालिम शनिबार विधिवत रुपमा सम्पन्न भएको छ। तालिममा सहभागी कक्षा ८ देखि कक्षा १२ सम्मका ९० जना विद्यार्थीहरुलाई वडा सदस्य साह र प्रशिक्षक श्याम कुमार महतोले प्रमाण-पत्र सहित उज्जवल भविष्यको शुभकामना सहित विदाई गरेका छन्। 

वडा सदस्य साहले बेरोजगार युवालाई तालिमले स्वरोजगार बन्न र आत्मनिर्भर हुन सहयोग पु¥याउने भन्दै तालिमभर अनुशासित, लगनशील र मर्यादित भई ज्ञान लिएका सहभागी विद्यार्थीलाई माथि उकास्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। समापन कार्यक्रमा वडा सदस्य साहले पछाडि परेका समुदायलाई प्रविधि र ज्ञान सिकाइ प्रतिस्पर्धाबाट सक्षम बनाउन आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा तालिमहरुको आयोजना गर्दै जाने योजनाहरु रहेको समेत बाताए।चार वटा कम्प्युटर खरिद गरि शुरुवात गरिएको उक्त तालिममा दैनिक ७ सिफ्ट कक्षा संचालन गरि प्रविधि सम्बन्धि तालिम गराइएको प्रशिक्षक श्याम कुमार महतोले जानकारी दिए। तालिममा सहभागी युवायुवतीहरु निकै हर्षित हुदै तालिम अवधिभर कम्प्युटर सम्बन्धि राम्रो सिकाई भएको प्रतिक्रिया दिएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.