शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विस्फोटमा परि गम्भीर भएका भण्डारीलाई भेटे मन्त्रि श्रेष्ठ र अध्यक्ष
चैत्र ३, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ३ - 
लहानमा अवस्थित मालपोत कार्यालयमा आइतबार भएको बम विस्फोट परी गम्भीर घाइते भई काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचाररत धनगडीमाइ नगरपालिका–४ जयपुरका ३० वर्षिय दिनेश भण्डारीको स्वास्थ्य अवस्था बुझन नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र लहान नगरपालिका वडा न .८ का वडा अध्यक्ष विजय कुमार महतो अस्पताल पुगी स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्। भेटको क्रममा चिकित्सकले भण्डारीको अवस्था सुधारोन्मुख रहेको बताउँदै उपचारमा कुनै असुविधा नहुने मन्त्री समक्ष बताएका छन्। मन्त्री श्रेष्ठले विस्फोट गराउने कार्यमा संलग्नलाई पक्राउ गर्न नेपाल सरकार लागि रहेको बताउनु हुँदै उपचारको खर्च सरकारले व्यहोर्ने गरी प्रक्रिया अगाडि बढिसकेकोले बिरामीलाई कुनै चिन्ता नलिन प्रतिवद्धता जनाएका छन्। 

यता अध्यक्ष महतोका अनुसार बम विष्फोटमा परी गम्भीर घाइते भएका भण्डारीको वीर अस्पतालको छेउमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र अस्पतालमा उनका दुइ जना आफन्त कुरुवा समेत रहेको जानकारी दिदै आफ्नै वडामा अवस्थित मालपोत कार्यलयमा यस्तो दुखद घटना भएको हुँदा घटना प्रति खेद प्रकट गर्दै आफु संग हुने सम्पूर्ण सहयोग गर्ने अध्यक्ष महतोले बताए। गम्भीर घाइते भण्डारीलाई चैत १ गते मन्त्री श्रेष्ठको पहलमा गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौंस्थित ट्रमा सेन्टरमा भर्ना गराएका थिए ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.