शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न
चैत्र ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ८  -  
श्री राम जानकी युवा क्लव लहान -४ को आयोजना र नेपाल नेत्रज्योति संघ पुर्वान्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा एक दिने आँखा शिविर सिरहाको भगवानपुर गाउँपालिका - १ इनर्वामा सम्पन्न भएको छ। श्री हनुमान प्रसाद शारदा उच्च मा.वि को प्राङ्गणमा भएको नि:शुल्क आँखा शिविर बाट ३७० जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएको  श्री राम जानकी युवा क्लव लहान -४ का अध्यक्ष रामानन्द साह रोनियारले जानकारी दिए। जसमध्ये १९० जना महिला र १८० जना पुरुष रहेका छन् ।चेकजाँचका क्रममा सय जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको पाइएको छ । जसमध्ये ६५ जना महिला र ३५ जना पुरुष रहेको  क्लवका कोषाअध्यक्ष प्रेम कुमार ठाकुरले बताए । मोतिबिन्दुबको समस्या देखिएका आँखा रोगीहरुलाइ सगरमाथा चौधरी आँखा अस्पतालमा नि:शुल्क शल्यक्रियाको लागि रेफर गरिएको आयोजकले जनाएका छन्। श्री राम जानकी युवा क्लव लहान -४ का युवाहरु विगतमा पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आईरहेका छन्। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.