शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जिल्ला स्तरीय मेयर कराते कप २०७७ प्रतियोगिता सम्पन्न
चैत्र ८, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत ८ - 
“स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ लहानमा शुरु भएको जिल्ला स्तरीय मेयर कराते कप २०७७  प्रतियोगिता सम्पन्न भएको छ। लहान नगरपालिकाको आयोजना तथा लहान नगरपालिका वडा न .८ को कार्यलय र नेपाल सितोरिया कराते संघ सिरहा लहानको सह-आयोजनामा लहानको कवर्ड हलमा संचालित दुई दिने प्रतियोगिता सम्पन्न भएको हो । नेपाल सितोरिया कराते संघ सिरहा लहानका अध्यक्ष राजेश गुप्ताको अध्यक्षता तथा लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमन्न्द भुसालको प्रमुख आतिथ्यता , बिशिष्ट अतिथि लहान -८ का वडा अध्यक्ष विजय कुमार महतो ,वडा -७ का अध्यक्ष राकेश रोशन गुप्ता संगै अतिथिहरुमा लहान नगरपालिकाका सुचना अधिकारि संजय साह , जसपाका प्रयागलाल यादव ,दिनेश महतो ,सुरेश साह लगायतको उपस्तिथीमा प्रतियोगिता सम्पन्न भएको हो।  

सिरहा जिल्लाका करिव एक सय जना कराते खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा २५ देखि ६५  केजि तौल समुहका पुरुष खेलाडिहरु तर्फ प्रथम हुनेहरुमा धर्मपुरका आयुष पूर्वछाने ,सुशान्त थापा मगर लहानका रोयल लामा ,ऋतिक लामा विशास सिंह मिर्चैयाका अनिल सदा,शिवा यादव ,उमेश यादव र विश्वास साह रहेका छन्। भने महिला तर्फ प्रथम हुनेहरुमा धर्मपुरकी आइसा पूर्वछाने ,ऋतु थापा मगर ,लहान बाट प्रप्ति राई ,रोमा राई र मिर्चैया बाट कृति साह प्रथम भएकी हुन्।प्रतियोगिता अन्तर्गत प्रथम भएका महिला तथा पुरुष खेलाडीहरुले केहि दिनपछि आयोजना भइरहेको प्रदेश स्तरीय कराते प्रतियोगितामा सहभागिता जनाउने सभा अध्यक्ष राजेश गुप्ताले जानकारी दिएका छन्। प्रतियोगिता संचालन गर्न लाग्ने सम्पूर्ण खेल सामग्री लहान ८ का वडा अध्यक्ष विजय महतोले उपलब्ध गराएको जानकारी गराएका छन्। प्रतियोगितामा सहभागी सम्पूर्ण विजेताहरुलाई स-सम्मान मेडल तथा प्रमाण -पत्र वितरण गरिएको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.