शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
म .स .जोडी द्वारा २१ जना गर्भवतिलाई पौष्टिक आहार
चैत्र १०, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत १० - 
लहान नगरपालिका १५ स्थित म .स .जोडी समाजसेवी महेश चौधरी र संगिता कर्माचार्यले सोमबार दलित समुदायका २१ जना गर्भवति महिलालाई राहत स्वरुप पौष्टि आहार वितरण गरेका छन्।  राहत प्याकेजमा १० किलो चामल, १ किलो दाल, १ किलो चना, १ किलो मटर, १ किलो चिनी, १ प्याकेट खानेतेल लगायतका सामग्री वितरण गरिएको समाजसेवी चौधरीले जानकारी दिएका छन् । लहान नगरपालिका वडा न.१५ का वडाअध्यक्ष तेजनारायण चौधरी र वडा सदस्य रामकुमारी दासको समेत उपस्थितीमा लहान १५ का मेनहर्वा ,सोभापुर ,लगराहा ,बिरनगर,मोहनपुर लगायतका जम्मा २१ जना महिलाहरुलाई पौष्टि आहार  वितरण गरिएको जनाइएको छ। 

यसअघि पनि म.स. जोडीले लहान नगरपालिका १२ स्थित विद्यालयमा ५१ जना दलित विद्यार्थीहरुलाई लिटिल एन्जल्स काठमाण्डौँ र एपोलो ओम सेकेन्डरी स्कुलको सहयोगमा स्कुल ड्रेस र शैक्षिक सामग्री वितरण गरेका थिए। गतवर्ष चैत्र ९ गते देखि कोरोना भाइरसको संक्रमण बढेपछि लकडाउनको मारमा परेका करिब ५ हजार भन्दा बढी परिवारलाई यी जोडीले राहत वितरण गरेर आफ्नो छुटै पहिचान बनाउन सफल भएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.