शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल अटो मेकानिक्स ट्रेड युनियन लहान द्वारा आर्थिक सहयोग हस्तान्तरण
चैत्र १४, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत १४ - 
नेपाल अटो मेकानिक्स ट्रेड युनियन लहान नगर कमिटीले स्वर्गीय विपिन राय (विप्ती) का परिवारलाई आर्थिक सहयोग गरेको छ। मेकानिक्स ट्रेड युनियनका साधारण सदस्य समेत रहेका रायको ४५ वर्षको उमेरमा स्वास्थ्यमा समस्या भएका कारण यहि चैत्र ७ गते शनिबारका दिन उपचारकै क्रममा निधन भएको थियो। घरको आर्थिक अवस्था कमजोर रहेका लहान नगरपालिका वडा नम्बर ३ का स्थायी बासिन्दा स्वर्गीय रायको घरमा पुगी नेपाल अटो मेकानिक्स ट्रेड युनियन लहान नगर कमिटीका अध्यक्ष सतेन्द्र प्रसाद गुप्ता ,उपाध्यक्ष मनिलाल विश्वकर्मा ,सह-सचिव समिम अन्सारी ,सचिव धनेश्वर साह,कोषाध्यक्ष रमेश शर्मा,सदस्यहरु रविन्द्र चौधरी ,सुदिप यादव,रामलोचन महतो ,गणेश यादव,परिवलाल चौधरी,जय प्रकाश चौधरी ,अटो मेकानिक रविन्द्र चौधरी लगायतका सदस्यहरुले नेपाल अटो मेकानिक्स ट्रेड युनियन प्रदेश -२ का सचिव सोनेलाल कुशवाहाको उपस्तिथिमा स्वर्गीय रायको घरमा पुगी किरियामा बसेका उनका जेठा छोरा कक्षा ११ मा अध्यनरत विश्वास रायलाई घरको आर्थिक अवस्था केही कम गर्ने उदेश्यले ट्रेड युनियनका पदाधिकारी तथा साधारण सदस्यहरु बाट संकलित नगद ४१ हजार १०५ रुपैया आर्थिक सहयोग गरेको अध्यक्ष गुप्ताले बताए। अध्यक्ष गुप्ताका अनुसार स्वर्गीय राय इन्जिन मेकेनिक थिए र उनका एक श्रीमती,दुई छोरा र एक छोरी छन्। उनको परिवारलाई समस्या परेको बेला हामि सके जति सहयोग गरि रहने बताए। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.