शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिजको अध्यक्षमा जयसवाल निर्विरोध
चैत्र १५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत १५ - 
लहान सिटि जेसिजको १९औ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। विगत लामो समय देखि विवादित रहेको अधिवेशन विना कुनै अवरोध सम्पन्न भएका छन्। सम्पन्न अधिवेशनमा सर्वसहमतिले वर्ष २०२१ का लागि अध्यक्ष पदमा जेसी अजय जयसवाल,कार्यकारीणी उपाध्यक्षमा कुमु चौधरी र मोनु साह,तालिम निर्देशकमा जागेश्वर पासवान, जनसम्पर्क अधिकृतमा उमेश कुमार साह ,महासचिवमा रन्जु सिंह , कानुनि सल्लाहकार खुश्बु हमाल ,कोषाध्यक्ष आशा यादव साह,उपाधक्ष्यमा राधे सहनी,उमेश कुमार यादव,नविन गोसाई,स्वयेव साह,शाखा सम्पादक गौरब साह,एनजीओ /आइएनजीओ कोडीनेटर राम बाबु ठाकुर र सचिवमा प्रल्हाद साह चयन भएका छन I  वर्ष २०२० का अध्यक्ष बसन्त साहको अध्यक्षता तथा सिटि जेसिजका संस्थापक अध्यक्ष वसन्त साहको प्रमुख आतिथ्यमा भएको उक्त साधारण सभा तथा अधिवेशनका निर्वाचन अधिकृत पुर्व अध्यक्षहरुराजु मण्डल, विकाश सारडा र उमेश चौधरी रहेका थिए । कार्यक्रममा लहान सिटि जेसिजमा आवध सम्पूर्ण साधारण सदस्य देखि लिएर वर्ष २००२ देखि २०२० सम्मका पुर्व अध्यक्षहरुको उपस्तिथी रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.