शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान मालपोतमा विस्फोट गराउने गोइत समूहका दुई कार्यकर्ता पक्राउ
चैत्र १७, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत १७ - 
सिरहाको लहान मालापोत कार्यालयमा बम विस्फोट गराएको अभियोगमा दुईजना पक्राउ परेको प्रदेश नं २ प्रहरी कार्यलय जनकपुरले जनाएको छ। पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरका २६ वर्षीय अभिमन्यू गिरी रहेका छन्। गत चैत १ गते मालपोत कार्यालयको पहिलो तलामा भएको बम विस्फोटमा ८ जना घाइते भएका थिए। प्रेसर कुकर बम विस्फोटमा परी कार्यालयमा समेत क्षति पुगेको छ। बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले प्रेस विज्ञप्ति मार्फत लिएको थियो। घटनास्थलमा समेत उक्त समूहको पर्चा फेला परेको थियो। बम विस्फोट अध्यक्ष जयकृष्ण गोइतकै निर्देशनमा भएको पाइएको छ। पक्राउ परेका यादवले आरके भन्ने रामकुमार यादवले फागुन २६ गते लहान देखि दक्षिण भगवानपुर गाउँपालिका ठाडी भन्ने स्थानमा आफूलाई प्रेसरकुकर बम दिएको र मालपोत कार्यालयमा पड्काउन लगाएको बताएका छन्। रामरिझन २०७४ चैत ९ गते लहानमा अवस्थित विकास ट्रेडर्समा भएको बम बिस्फोटमा जिल्ला अदालत सिरहाबाट १ लाख धरौटीमा छुटेका थिए। विराटनगर उपमहानगरपालिकामा २०७५ साउन ३१ गते भएको बम विस्फोटको मुद्दामा पनि ३५ हजार रुपैयाँ धरौटीमा उनि छुटेको बताइएको छ। गिरी ५ वर्षदेखि उक्त समूहका कार्यरत रहेको र चन्दा असुलिमा समेत संलग्न रहेको पाइएको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताउनु भयो। गिरी र यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल दुई थान र त्यसको गोलि चार थान बरामद गरेको छ।

 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.