शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
धोनी पूणे टिमको कप्तानबाट बर्खास्त
फाल्गुन ९, २०७३ | सरगम खबर समाचारदाता

एजेन्सी फागुन ९ - 
महेन्द्रसिंह धोनीलाई इन्डियन प्रिमियर लिग(आइपिएल) को पूणे टिमको कप्प्तानीबाट बर्खास्त गरिएको छ। उनको स्थानमा अस्ट्रेलियाका स्टिभ स्मिथलाई कप्तान नियुक्त गरिएको छ।यसै सिजन भारतको एकदिवसीय र टि–२० कप्तानबाट राजीनामा गरेका धोनीलाई राइजिङ पूणे सनराजर्सले बर्खास्त गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। उनी गत सिजन कप्तानको रुपमा नयाँ टिम पूणेमा अनुबन्धित थिए।धोनी भारतको कुनै पनि फरम्याटको क्रिकेटमा कप्तान छैनन्। उनको स्थानमा कप्तान नियुक्त गरिएका स्मिथ अस्ट्रेलियाको तीनवटै फरम्याटका कप्तान हुन्।उनलाई आइपिएलको ‘अक्सन’ भन्दा पहिले नै बर्खास्त गरिएको हो। क्लबका मालिक राजीव गोयन्काले यस कुराको पुष्टी गरेका हुन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.