शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पत्रकार महासंघ सिरहाको नेतृत्वका लागि चौधरी र यादव प्यानल मैदानमा
चैत्र २५, २०७७ | फिरोज शेख

फिरोज शेख लहान २०७७ चैत २५ - 
नेपाल पत्रकार महासंघ सिरहाको नेतृत्वका लागि चौधरी र यादव प्यानल मैदानमा उत्रिएका छन्। महासंघको निर्वाचन आज बुधबार २५ गते विहान ९ बजे देखि जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानको सभा हलमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि हिरालाल चौधरी र मनोज बनैता यादव बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । उनीहरूले आइतबार लहानस्थित महासंघको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए  । यसै बीच उपाध्यक्षमा जिवछ यादव र गणेशप्रसाद साह , महिला उपाध्यक्षमा रिंकुकुमारी दास र यमुना खनाल, सचिवमा शम्भु यादव र शिवदयाल यादव, कोषाध्यक्षमा भने वीरेन्द्र प्रसाद नेपाल र एलिना हिङमाङ, सहसचिव समावेशीमा दुर्गा परियार र आशेकुमार विश्वकर्मा र  सहसचिवमा रामभरोषी महतो र राजेन्द्र महतो बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिका अनुसार यसपटक निर्वाचनमा १३ हजार १२२ मतदाता सहभागी हुनेछन्। महासंघको केन्द्रीय अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ। विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकीको उम्मेदवारी परेको हो।नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनले एउटै प्यानल बनाएका छन्। जसको नेतृत्व प्रेस युनियनका पाखरेलले गरेका छन्। यस्तै एमालेकै सत्ता पक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीको छुट्टै प्यानल छ। जसको नेतृत्व शर्माले गरेकी छन्। यस्तै स्वतन्त्रबाट बुढाथोकीको उम्मेदवारी परेको हो।मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ।प्रदेश तथा जिल्लाका केही पदमा भने यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.